कारोबार संवाददाता
सोमवार, भदौ १८, २०७५

पाँचथर र इलामको सिमानामा रहेको राँके बजारमा गय राती आगोलागी हुँदा एक घर जले नष्ट भएको छ । आगोलागी हुँदा त्यस घरमा रहेका एउटा फेन्सी पसल र अर्को किराना पसल पुर्णरुपमा जलेर नष्ट हुँदा २ करोड १० लाख ५४ हजार बराबरको क्षती भएको हो ।

1209
मातृका दाहाल
सोमवार, भदौ १८, २०७५

नेपालले युरोपेली मुलुक पोल्याण्डसँग सैन्य सहायता आदानप्रदान गर्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेलको औपचारिक भ्रमणका क्रममा नेपालले पोल्याण्डसँग सैन्य तालिम तथा अन्य सहायता आदानप्रदानको प्रस्ताव गर्न लागेको हो ।

1790
मातृका दाहाल
आइतवार, भदौ १७, २०७५

रक्षा मन्त्रालयले १ वर्षभित्रै सञ्चालनमा ल्याउने गरी नेशनल डिफेन्स कलेज (वार कलेज) खोल्न तयारी थालेको छ । राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षा/प्रतिरक्षा सम्बन्धी अध्ययन/अध्यापन तथा रणनीति सम्बन्धी प्राज्ञिक केन्द्रका रुपमा नेशनल डिफेन्स कलेज खोल्न रक्षाले प्रक्रिया अघि बढाएको हो ।

2085
कारोबार संवाददाता
आइतवार, भदौ १७, २०७५

जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको सेनानी सम्मान पुरस्कार कांग्रेसका नेता चक्रप्रसाद बास्तोलालाई प्रदान गर्ने भएको छ । करिब ५ वर्षदेखि अचेत अवस्थामा घरमै उपचार गराइरहेका बास्तोलालाई प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान दिएबापत सो पुरस्कार दिइने भएको हो । पुरस्कारको राशी पचास हजार रुपैयाँ रहेको छ ।

1105
कारोबार संवाददाता
शुक्रवार, भदौ १५, २०७५

विश्व कलापरिषद् एसिया प्रशान्त क्षेत्रको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनको उद्घाटन प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गरे ।

916
केशव समर्पण
शुक्रवार, भदौ १५, २०७५

पत्नीबाट छुट्टिएर बस्न चाहेको भन्दै सम्बन्ध विच्छेदको लागि पुरुषले पनि धमाधम सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न थालेका छन् । भदौ १ गतेबाट लागू भएको नयाँ मुलुकी देवानी (संहिता) ऐन अनुसार पुरुषले पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन पाउने कानुनी प्रावधान लागू भएसँगै पुरुष पनि सम्बन्ध विच्छेदका लागि अदालत धाउन थालेका छन् ।

2361
विप्लव काफ्ले
शुक्रवार, भदौ १५, २०७५

चितवनमा एकै प्रकृतिका सामान चोरी गर्ने गिरोह सक्रिय हुन थालेका छन् । सुरुमा जे चो¥यो, त्यही प्रकृतिका सामान चोरीलाई निरन्तरता दिने गरेको पाइएको छ ।

1280
मातृका दाहाल
शुक्रवार, भदौ १५, २०७५

एसियाली मुलुकमा राष्ट्र तथा सरकार प्रमुखहरूले शान्ति र समृद्धिका लागि ‘आतंकवाद’ प्रमुख चुनौती रहेको बताएका छन् । शान्ति र स्थायित्वका लागि आतंकवादलाई परास्त गरेर अघि बढ्नु पर्नेमा उनीहरूले एकै स्वरमा प्रतिवद्धता जनाएका छन् ।

1745
कारोबार संवाददाता
बिहिवार, भदौ १४, २०७५

लागूऔषध र हतियार सहित रुकुम पश्चिममा ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका ७ का १८ बर्षिय तिलक रावत, दाङ तुलसिपुर उपनगरपालिका ५ का २१ बर्षिय रोशन गौतम, सोहि ठाँउकै १९ बर्षिय रविनराज लवत र लमही नगरपालिका ५ का २१ बर्षिय सुरज घर्ति मगर रहेका छन ।

1174
रासस
बिहिवार, भदौ १४, २०७५

सर्वोच्च अदालतले बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

1244
कारोबार संवाददाता
बिहिवार, भदौ १४, २०७५

सिन्धुलीको कमलामाई नगरपालिका १ चनौटेमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

781
कारोबार संवाददाता
बिहिवार, भदौ १४, २०७५

बैंककै कर्मचारीको मिलेमतोमा सिटिजन्स बैंकको साढे ७ केजी सुन बराबरको कर्जा घोटाला भएको रहस्य खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी)ले धितो राखेको सुनको कर्जा हिनामिनामा सिटिजन्स बैंक इन्टरनेशनल र प्राइम कमर्सियल बैंकका ३ जना कर्मचारी २ जना ऋणीलाई पक्राउ गरेको हो ।

1579
कारोबार संवाददाता
बिहिवार, भदौ १४, २०७५

सोमबार रक्षाबन्धनको दिन सप्तरीकी एक युवती सामूहिक बलात्कारको सिकार भएको घटना सार्वजनिक भएको छ । पीडित पक्षले कारबाहीको माग गर्दै प्रहरीमा मंगलबार उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

1418
कारोबार संवाददाता
बुधवार, भदौ १३, २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको प्रधान सेनापतिमा वरिष्ठतम रथी पूर्णचन्द्र थापालाई नियुक्त गरेकी छन् । मन्त्रीपरिषद्को सिफारिसमा मंगलबार राष्ट्रपति भण्डारीले संविधानको धारा २६७ को उपधारा ५ बमोजिम कायम मुकायम प्रधानसेनापति थापालाई भदौ २४ गतेदेखि लागू हुनेगरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् ।

934
कारोबार संवाददाता
बुधवार, भदौ १३, २०७५

साल्पासिलिछो गाउँपालिकाको दोभानेस्थित एक बालिकाको बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

715