कारोबार संवाददाता
शुक्रवार, जेठ ९, २०७७

लकडाउनको समयमा विराटनगरमा हत्याका घटना बढेको छ । पछिल्लो एक हप्ताभित्र दुईजनाको हत्या भएको छ, त्यो पनि परिवारकै सदस्यबाट । आफ्नै श्रीमतीको योजनामा औषधि व्यवसायीको हत्या भएको घटना सेलाउन नपाउँदै दुईभाइ छोरा मिलेर बाबुको हत्या गरेको घटना सार्वजनिक भएको छ । विराटनगर–१४ झटियाहीका ६९ वर्षीय सीताराम चौहानको आफ्नै दुई भाइ छोराले हत्या गरेको पाइएको छ ।

1362
कारोबार संवाददाता
बिहिवार, जेठ ८, २०७७

महँगो ब्राण्डको बोतलमा कम गुणस्तरको मदिरा राखेर बिक्री गर्ने गरेको फेला परेको छ । यसरी विभिन्न महँगो ब्राण्डका बोतलमा एकदमै कम गुणस्तरका मदिरा हालेर बिक्री गरेको अवस्थामा मोरङ प्रहरीले विराटनगरबाट ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले विराटनगर–११ स्थित बसपार्कबाट अवैध मदिरा बरामद गरेको हो । अनुसन्धान विभागसँग समन्वय गरेर कारबाही चलाइने मोरङ प्रहरीले जनाएको छ ।

594
कारोबार संवाददाता
बिहिवार, जेठ ८, २०७७

पोखराको महेन्द्रपुल क्षेत्रमा एक भवनमा रंग लगाउँदै मजदुर ।

491
कारोबार संवाददाता
बिहिवार, जेठ ८, २०७७

सौरभ रिमाल र अनुष्का श्रेष्ठको परिचय र भूमिका फरक फरक छ । रिमाल सूचना प्रविधिमा आधारित डिस्कभर सिटी कम्पनी सञ्चालक हुन् भने श्रेष्ठ मिस नेपाल । तर कोरोना महामारीपछिको लकडाउनमा उनीहरुको दिनचर्या फेरिएको छ ।

719
प्रकाश लम्साल
बुधवार, जेठ ७, २०७७

चारकोसे झाडीले परिचित बाराको जंगलबाट लकडाउनसँगै काँचो रुख, गोलाई र चिरानको तीव्र तस्करी हुन थालेको छ । डिभिजन वन कार्यालय बाराले चोरी बढेको सूचनाको आधारमा छापामारी तीव्र बनाएसँगै ठूलो परिमाणमा काठ बरामद हुन थालेपछि जंगलमा काठको तस्करी ब्यापक बढेको पाइएको हो । झण्डै एक दशकपछि ६ महिना यता वन क्षेत्रभित्र भएको घना बस्ती र चौतर्फी रूपमा खोलिएका बाटोघाटो, निमार्णाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका वन क्षेत्रमा बस्ती बढेसँगै बढी तस्करी हुने गरेको छ । वन तस्करलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नेमा अधिकांश स्थानीय नै रहेको वन सरोकारवालाको भनाइ छ ।

595
कारोबार संवाददाता
मंगलबार, जेठ ६, २०७७

विराटनगरका औषधि ब्यवसायी देवीप्रसाद दुलालको उनकै श्रीमतीको योजनामा हत्या भएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा मृतक दुलालकी श्रीमतीसहित थप दुईजनालाई नियन्त्रणमा लिएपछि सो खुलासा भएको हो । प्रहरीले घटनामा लहान नगरपालिका–१० का २१ वर्षीय ब्रम्हदेव साह, इटहरी उपमहानगरपालिका–१२ का २० वर्षीय सोनु साह र मृतककी श्रीमती विराटनगर–१० बस्ने मीना श्रेष्ठ दुलाललाई नियन्त्रणमा लिएको छ ।

802
कारोबार संवाददाता
मंगलबार, जेठ ६, २०७७

काठमाडौंको मखनमा ठेलामा सामान राखेर गन्तव्यतर्फ जाँदै मजदुर ।

494
कारोबार संवाददाता
सोमवार, जेठ ५, २०७७

काठमाडौंको न्यूरोडमा विद्युत् सट भएर लागेको आगो निभाउँदै बारुण यन्त्रका कर्मचारी ।

752
कारोबार संवाददाता
आइतवार, जेठ ४, २०७७

विश्वभरि कोरोना भाइरसको महामारीले प्रभावित बनाइका बेला मुलुक लकडाउनको अवस्थामा छ । तर कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लकडाउनको समयमा निकुञ्जभित्र प्रवेश गरेर गैरकानुनी कार्य गर्नेको संख्या बढेको छ । निकुञ्जमा अवैध तवरले प्रवेश गर्नेको संख्या बढेसँगै प्रकाउ

928
कारोबार संवाददाता
आइतवार, जेठ ४, २०७७

लकडाउनका कारण सुनसान बनेको काठमाडौंको बौद्ध स्तुपको दर्शन गर्दै श्रद्धालु ।

503
कारोबार संवाददाता
शनिवार, जेठ ३, २०७७

सरकारले कोरोना संक्रमणको उच्च, मध्यम र न्यून जोखिम क्षेत्र छुट्याएर लकडाउनकको मोडालिटी परिवर्तन गर्ने भएको छ ।

3446
कारोबार संवाददाता
शुक्रवार, जेठ २, २०७७

काठमाडौंको बुद्धनगरमा तोरीको साग टिप्दै महिलाहरु ।

780
कारोबार संवाददाता
शुक्रवार, जेठ २, २०७७

कास्कीमा चोरीका घटना बढ्न थालेका छन् । कोरोना भाइरस (कोभिड—१९) को कारण देशमा लकडाउन भएको करिब २ महिना पुग्दै गर्दा कास्कीमा चोरीका घटना बढ्न थालेको कास्की प्रहरीले जनाएको छ ।

709
कारोबार संवाददाता
बिहिवार, जेठ १, २०७७

चिनियाँ जनमुक्ति सेनाको एयरफोर्स विमानले नेपाली सेनाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । चीनको छेन्दुबाट आएको चिनियाँ सेनाको विमानले ४.५ टन स्वास्थ्य सामग्री ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । ती स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, पिपिइ, पञ्जा, बुट, थर्मलथनलगायत रहेका छन् ।

920
कारोबार संवाददाता
बुधवार, बैशाख ३१, २०७७

मासको दाल महँगोमा बेचेपछि बिगमार्ट कारबाहीमा पारेको छ । हात्तीगौंडामा रहेको बिगमार्टको आउटलेटले मासको दाल प्रतिकिलो २७१ रुपैयाँमा बेचेका कारण वाणिज्य, आपूर्ति तथ उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो ।

618