कारोबार संवाददाता
मंगलबार, बैशाख १७, २०७६

तात्कालीन रानीहरूले बोलेको आधारमा गुठीमा परिणत भएको जग्गाको समस्या समाधान गर्न गण्डकी प्रदेसको सांसद टोलीले स्थलगत अध्ययन गरेको छ । तत्कालीन राजपरिवारका सदस्यको ठाडो आदेशको आधारमा गुठीमा परिणत गरिएको म्याग्दीको पिप्ले, भगवती र दोवाका बासिन्दाको समस्याको बारेमा टोलीले अध्ययन गरेको हो ।

559
सागर परियार
सोमवार, बैशाख १६, २०७६

चन्दननाथ, भैरबनाथ गुठी व्यवस्थापन समिति जुम्लाको नाममा रहेको खेतियोग्य जमिन अतिक्रमण हुँदै गएको छ । पटक पटक सरकारी तथा निजी क्षेत्रबाट गुठीको जग्गा अतिक्रमण हुँदै गएको हो । जिल्लाभित्र र जिल्लाबाहिरका विभिन्न ठाँउमा रहेको गुठीको जग्गा अतिक्रमणको चपेटामा परेपछि कहाँ कति जग्गा छ भन्ने पनि एकीन छैन ।

334
रासस
शनिवार, बैशाख १४, २०७६

राजनीतिक कार्यक्रम तथा आमसभाका लागि प्रसिद्ध स्थान खुलामञ्च पछिल्लो समय साघुरिँदै गएको छ । पुरानो बसपार्क सारेर खुलामञ्चको उत्तरपट्टि राखिएको छ ।

702
कारोबार संवाददाता
शुक्रवार, बैशाख १३, २०७६

राष्ट्रिय पुननिर्माण प्राधिकरणका करिब चार हजार प्राविधिकहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । आफूहरुले अघि सारेका मागप्रति सरकार संवेदनशील नभएकोले बाध्य भएर सामूहिक राजीनामा दिएको समितिको ठहर छ । समितिले गत चैत ३ गतेबाट देशव्यापी चरणबद्ध आन्दोलन गर्दै आएको थियो ।

440
कारोबार संवाददाता
बिहिवार, बैशाख १२, २०७६

जनआन्दोलन २०६२-६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन् । जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना भएर सङ्घीयताको मूल मर्मअनुसार तीन तहको सरकार गठन भएर सेवा प्रवाह भइरहेको अवस्थामा लोकतन्त्र स्थापना गर्न आन्दोलनमा होकिएका जनआन्दोलनका घाइतेको अवस्था भने उस्तै रहेको जनआन्दोलनका घाइते मुकेशका आमा मिरा कायस्थले बताइन् ।

480
हरिश चन्द
बिहिवार, बैशाख १२, २०७६

धनगढीबाट बझाङ जाँदै गरेको ना ६ ख १८३१ नम्बरको यात्रुवाहक बस डडेल्धुराको साहुखर्कमा बुधबार बिहान दुर्घटना हुँदा ५ जना यात्रुको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । भिमदत्त राजमार्ग सडक खण्ड अन्तर्गत जिल्लाको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कमा बिहान पौने पाँच बजे भएको दुर्घटनामा तीन पुरुष र दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए । मृत्यु हुनेमा भारत कटिहारी विहारका २५ वर्षीय मोहमद नसिर, बझाङ केदारसिह गाउँपालिका ५ का २५ वर्षीय नरेन्द्र गुरुधामी, बझाङकै तल्कोटका ४५ वर्षीय धनवहादुर घर्ती, बझाङकै वागथलाकी हरुली वोहरा र केदार सिह गाउँपालिकाकी कलसी देवी गुरुधामी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

322
कारोबार संवाददाता
बुधवार, बैशाख ११, २०७६

मोरङको पथरीशनिश्चरेकी व्यवसायी रीना बस्नेतको रहस्यमय मृत्युको यथार्थ छानबिनको माग गर्दै स्थानीय आन्दोलित भएका छन् । बस्नेत पथरी बजारमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिइन् । रीनाको हत्या भएको दाबीसहित आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । आन्दोलित पक्षले पथरीको इलाका प्रहरी कार्यालयमा ढुंगा प्रहार गरेर गेट तोडफोड गर्न खोजेपछि प्रहरीले २ राउण्ड हवाइफायर गरेको थियो । प्रहरीको लाठीचार्ज र प्रदर्शनकारीको ढुंगा प्रहारबाट केही व्यक्ति घाइते भएका छन् ।

436
कारोबार संवाददाता
बुधवार, बैशाख ११, २०७६

निमोनियाका कारण खोटाङको साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणीकुमार राईको निधन भएको छ । ज्वरो आउने, छाती दुख्ने, घाँटी घ्यार–घ्यार हुने लगायतका समस्याबाट बिरामी परेका वडाध्यक्ष राईको सोमबार साँझ ३७ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्य समस्या बल्झिँदै गएपछि उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाने क्रममा राईको खिदिमाकै सौर्य भन्ने ठाउँमा निधन भएको नेकपा खोटाङका नेता बबी चामलीङले बताए । गत चैत ३० गतेदेखि सामान्य रुघाखोकीको समस्या देखिएका राईलाई गत आइतबार घरैमा अहेव बोलाएर इन्जेक्सन दिइएको थियो ।

432
कारोबार संवाददाता
आइतवार, बैशाख ८, २०७६

पाँचथरको उत्तरी याङवरक गाउँपालिकाको च्याङथापुमा रहेको सीमा प्रशासन कार्यालय सञ्चालनमा ल्याउने तयारी गरिएको छ । कार्यालय भए पनि कर्मचारी नहुँदा सिमा प्रसाशन कार्यालयले काम गर्न सकिरहेको थिएन । कार्यालय सुचारु गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यलय पाँचथरले जानकारी दिएको छ । २०६१ पछि पुनः स्थापित गरिएको भए पनि त्यो नाममै सीमित थियो । सीमा प्रशासन नाम दिइएको भए पनि त्यहाँ प्रशासनबाट हुने कुनै काम हुँदैनथ्यो । लामो समयसम्म कार्यालय सहयोगी ढोका खोल्ने र बन्द गर्ने काम गर्दै आएका छन् ।

287
नीरज पिठाकोटे
मंगलबार, बैशाख १०, २०७६

नयाँ शैक्षिक सत्र सुरु भएपनि पर्सामा निजी विद्यालय र पुस्तक व्यवसायीहरूबीचको कमिसनको चेपुवामा अभिभावक र विद्यार्थी परेका छन् । संस्थागत विद्यालयहरूमा पढाइने पाठ्यपुस्तकको विषयसूची विद्यालयहरूले सार्वजनिक नगरेपछि बजारमा पुस्तक नपाउँदा विद्यार्थी र अभिभावकहरू अन्योलमा परेका छन् ।

288
रासस
सोमवार, बैशाख ९, २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वाेच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्मा छन् ।

283
कारोबार संवाददाता
बिहिवार, बैशाख ५, २०७६

हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन लाग्ने बालाजु बाइसधारामा मेलाको तयारी पूरा भएको छ । वैशाख ६ गते शुक्रबारका दिन बालाजु बाइसधारामा मेला लाग्ने मेला व्यवस्थापन समितिले जनाएको छ । बुधबार काठमाडौंको संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरेर यसको जानकारी दिएको हो । समितिका संयोजक निरन्जन बस्नेतले काठमाडौंको बालाजुमा रहेको बाइसधारा धार्मिक, सांस्कृतिक, पर्यटकीय, ऐतिहासिक हरेक दृष्टिले महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मेलामा २ लाख तीर्थयात्री आउने अनुमान गरेको बताए ।

614
कारोबार संवाददाता
बिहिवार, बैशाख ५, २०७६

वरिष्ठ पत्रकार एवं कामना न्युज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको उपचारका क्रममा बुधबार ६० वर्षको उमेरमा निधन भएको छ । उनको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

493
कारोबार संवाददाता
बिहिवार, बैशाख ५, २०७६

निर्वाचन आयोगले तीनै तहको निर्वाचनका बेला कर्मचारीहरुलाई ज्वाईं पालेसरह भन्दा बढी सुविधा दिएको रहस्य खुलेको छ । गत आर्थिक वर्षको लेखा परीक्षणका क्रममा आयोगले तलबका अलावा दैनिक १ सय २१ प्रतिशत निर्वाचन भत्ता लिएका कर्मचारीलाई खाना र खाजा खर्चका नाममा जथाभावी रुपमा राज्यको ढुकुटीको रकम बाँडेको रहस्य खुलेको हो ।

423
कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६

कामना न्युज पब्लिकेसन प्रा.लि. का अध्यक्ष तथा प्रधान सम्पादक पुष्कारलाल श्रेष्ठको निधन भएको छ । पाँच महिनासम्म जीवनसँग कठिन संघर्ष गर्दा गर्दै, चिकित्सकको लाखौं कोशिसका बाबजुत कामना न्युज पब्लिकेसन प्रा. लि. का प्रधान सम्पादक पुष्कारलाल श्रेष्ठलाई बचाउन नसकिएको पब्लिकेसनले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

484