मकरराज धामी
सोमवार, बैशाख ३०, २०७६

बझाङका स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । कर्मचारी समायोजनले कर्मचारी सुरुवा भई अन्य स्थानमा खटाईएपछि यहाँका स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन् ।नगरपालिका तथा गाउँपालिकामा प्रशासकीय अधिकृत नहुँदा स्थानीय तह निमित्त प्रशासकीय अधिकृतको भरमा चलिरहेका छन् । निमित्त प्रशासकीय अधिकृतलाई आर्थिक जिम्मेवारी नदिँदा कामकाजमा समस्या भएको गाउँपालिकाका अध्यक्षहरूको गुनासो छ । प्रमुख प्रशासकीय अधिकृतमात्र हैन कतिपय गाउँपालिकामा अन्य कर्मचारी पनि नहुँदा समस्या हुने गरेको छ । कर्मचारी नहुँदा स्थानीय तहको सेवा प्रवाहमा ढिलाइ हुने गरेको बुङ्गल नगरपालिकाका प्रमुख धनबहादुर विष्टले बताए ।

196
अनिश शर्मा गैरे
सोमवार, बैशाख ३०, २०७६

विगतमा निकै चहलपहल हुने जिल्ला सदरमुकाम संघीयता पछि सुनसान बनेको छ । संघीयतामा भएको विकेन्द्रकीरणले गाउँमा भने चहलपहल बढेको छ । तर सदरमुकाममा बस्नेले निराशा व्यक्त गर्न थालेका छन् । गुल्मीको तम्घास पनि सुनसान बन्न पुगेको छ भने गाउँहरू गुल्जार हुन थालेका छन् । विगतमा गाउँ विकास समितिका सबैजसो सचिव सदरमुकाममै बस्थे अहिले उनीहरू वडामा पुगेका छन् । अधिकार पनि स्थानीय तहमा पुग्दा गाउँको गुल्जार बढ्न थालेको हो ।

198
कारोबार संवाददाता
आइतवार, बैशाख २९, २०७६

भारतको बिहार राज्यसँग जोडिएका सीमा नाका तीन दिनका लागि बन्द भएका छन् । भारतमा हुने लोकसभाको निर्वाचनका लागि नेपाल भारतको सीमा नाका तीन दिन बन्द गरिएको हो ।

260
अमरराज आचार्य
शनिवार, बैशाख २८, २०७६

यस वर्ष घोराही उपमहानगरपालिका–७ मा रहेको जनभावना सामुदायिक वन क्षेत्रमा आगलागी भयो ।

206
कारोबार संवाददाता
शनिवार, बैशाख २८, २०७६

राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालले वर्षौंदेखि भोगचलनमा रहेका जग्गा भोगकर्तालाई थाहै नहुने गरी अरुको नाममा दर्ता भएकोबारे छानबिन गरी अवैध जग्गा दर्ता खारेजीको माग गरेको छ । मञ्चले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अवैध जग्गा दर्ता खारेजी गर्न माग गरेको हो ।

275
कारोबार संवाददाता
बिहिवार, बैशाख २६, २०७६

जिल्ला सदरमुकाम र स्थानीय तहबाट पाउने सेवा गाउँमै पाउँदा स्थानीय खुसी भएका छन् । १५ वर्षदेखि शारीरिक अपांगताले विस्तारामा नै दिसापिसाब गर्ने तीन छोराछोरीको अपांग परिचयपत्र बनाउन सदरमुकाम जान नसक्दा सामाजिक सुरक्षाबाट वञ्चित भएका मालारानी गाउँपालिका–९ सेपानेका लिलबहादुर पुनले गाउँमै छोराछोरीको परिचयपत्र पाउँदा खुसी भएका छन् ।  “छोराछोरीले भत्ता पाउने भन्ने सुनेको थिएँ, तर कार्ड नभएपछि पाउने रहेनछ । केही दिन पहिले पालिकाको उपाध्यक्ष घरमै आएर परिचयपत्र बनाइदिने बताउनु भएको थियो । अहिले तीनजनाकै क वर्गको कार्ड बन्यो अत्यन्तै खुसी लागेको छ । गरिबको पनि गाउँपालिकाले कुरा सुन्यो पुनका १५ वर्षका छोरा इन्द्रबहादुर पुनका ९ वर्षका छोरा हुमबहादुर पुन र १३ वर्षकी छोरी निमा पुन हिँड्न डुल्नका लागि सहारा चाहिने अवस्थाका छन् ।

308
कारोबार संवाददाता
बिहिवार, बैशाख २६, २०७६

प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता र जनाधिकार दिनदिनै संकटमा पर्दै गएको एक कार्यक्रममा सहभागिहरुले बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपालले काठमाडौंको अनामनगरस्थित संवाद डवलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

330
दीननाथ बराल
मंगलबार, बैशाख २४, २०७६

पोखरा महानगरपालिकाले वहाल कर वापतको करोडौं राजस्व उठाउन सकेको छैन । आन्तरिक संयन्त्रलाई चुस्तदुरुस्त पारेर विद्यमान घरवहाल करसम्बन्धी नियमलाई पूर्णरूपमा कार्यान्वयन गर्न नसक्दा पोखरा महानगरपालिकाले करोडौंको राजस्व गुमाउनु परेको हो ।

363
कारोबार संवाददाता
शुक्रवार, बैशाख २०, २०७६

सरकारले आफूहरुको सुझाव बेवास्ता गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा नयाँ पदाधिकारीहरुको नियुक्ति गर्न गैरहेको भन्दै द्वन्द्वपीडित तथा मानवअधिकार समुदायले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

400
कारोबार संवाददाता
शुक्रवार, बैशाख २०, २०७६

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संविधानमा भएका सुन्दर पक्षहरूको कार्यान्वयन गर्नु नै आजको सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।

398
नेगम परियार
बिहिवार, बैशाख १९, २०७६

मनाङमा वैशाख दोस्रो हप्ताबाट यार्सागुम्बा टिप्नको लागि सिजन सुरु भएको छ । जिल्लाका विभिन्न लेकहरूमा यार्सागुम्बा टिप्ने सिजन सुरु भएपछि स्थानीय तथा बाहिरी जिल्लाका मानिसहरू यार्सागुम्बा टिप्न मनाङ आउन थालेका छन् ।

701
रासस
बुधवार, बैशाख १८, २०७६

विगत एक वर्ष (सन् २०१८ मेदेखि २०१९ अप्रिलसम्म) मा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा निकै बढोत्तरी पाइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा फ्रिडम फोरमले तयार पारेकोे वार्षिक मिडिया प्रतिवेदनअनुुसार एक वर्ष (मे २०१८ देखि अप्रिल २०१९ सम्म) १०४ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घट्दा १५८ पत्रकार प्रत्यक्ष प्रभावित भएका छन् ।

430
कारोबार संवाददाता
बुधवार, बैशाख १८, २०७६

सरकारले मुलुकमा शान्तिसुरक्षा र अमनचयन कायम भएको दावी गरिरहे पनि नेपाल निर्माण व्यवसायी महासंघले भने कमजोर सुरक्षा व्यवस्थाका कारण निर्माण व्यवसायीहरू पेशाबाटै पलायन हुनुपर्ने खतरा बढेको जनाएको छ ।

577
कारोबार संवाददाता
मंगलबार, बैशाख १७, २०७६

तात्कालीन रानीहरूले बोलेको आधारमा गुठीमा परिणत भएको जग्गाको समस्या समाधान गर्न गण्डकी प्रदेसको सांसद टोलीले स्थलगत अध्ययन गरेको छ । तत्कालीन राजपरिवारका सदस्यको ठाडो आदेशको आधारमा गुठीमा परिणत गरिएको म्याग्दीको पिप्ले, भगवती र दोवाका बासिन्दाको समस्याको बारेमा टोलीले अध्ययन गरेको हो ।

551
सागर परियार
सोमवार, बैशाख १६, २०७६

चन्दननाथ, भैरबनाथ गुठी व्यवस्थापन समिति जुम्लाको नाममा रहेको खेतियोग्य जमिन अतिक्रमण हुँदै गएको छ । पटक पटक सरकारी तथा निजी क्षेत्रबाट गुठीको जग्गा अतिक्रमण हुँदै गएको हो । जिल्लाभित्र र जिल्लाबाहिरका विभिन्न ठाँउमा रहेको गुठीको जग्गा अतिक्रमणको चपेटामा परेपछि कहाँ कति जग्गा छ भन्ने पनि एकीन छैन ।

334

सातामा धेरै पढिएको