दीपेन्द्र थापा
बिहिवार, कार्तिक ७, २०७६

नेपाली सेनाले अमेरिकाको अनुदान सहयोगमा ४ वटा स्काइ ट्रक (कार्गो विमान) ल्याउने भएको छ । विपत् व्यवस्थापनका लागि मानवीय सहयोगमा उपयोग गर्नेगरी ती विमान ल्याउन लागिएको हो ।

479
कारोबार संवाददाता
बुधवार, कार्तिक ६, २०७६

राष्ट्रिय सांस्कृतिक पहिचान र गौरब बोकेको नेपालीको महत्वपूर्ण चाड यमपञ्चक (तिहार)लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

465
कारोबार संवाददाता
मंगलबार, कार्तिक ५, २०७६

बौद्ध प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई सोमबार पक्राउ गरेको छ ।

556
कारोबार संवाददाता
सोमवार, कार्तिक ४, २०७६

यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार महरामाथि थप अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको अनुमति दिएको हो ।

562
कारोबार संवाददाता
सोमवार, कार्तिक ४, २०७६

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सम्मेलन कोरियामा हुने भएको छ । नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबार काठमाडौंमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

495
कारोबार संवाददाता
सोमवार, कार्तिक ४, २०७६

चीन सरकारले नेपाली सेनालाई दुई अर्बभन्दा बढी रकमबराबरको सहयोग गर्ने भएको छ । चीन भ्रमणमा रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ रक्षामन्त्री जनरल वि फेन्हीबीच आइतबार सहयोगका सम्बन्धमा हस्ताक्षर भएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ रक्षामन्त्री फेन्हीबीच १५० मिलियन युआन अर्थात् करिब दुई अर्ब ४१ करोड २४ लाख ३७ हजार १४८ रुपैयाँबराबरको मानवीय तथा विपद व्यवस्थापनसँग सम्बन्धित सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ ।

510
नीरज पिठाकोटे
आइतवार, कार्तिक ३, २०७६

तिहार नजिकिएसँगै भारतबाट सीमा नाका हँुदै नेपालमा चाँदीको तस्करी बढेको छ । बारा पर्साको सीमा नाकाबाट सशस्त्र प्रहरीले झण्डै २८ किलो चाँदीका गहनासहित दुई जनालाई पक्राउ परेपछि चाडवाडमा सीमाबाट चाँदीको तस्करी हुने गरेको खुलेको हो । सशस्त्र प्रहरीले बारा र पर्साबाट एकैदिन २८ किलो ९ सय ८० ग्राम चाँदी सहित दुईजनालाई पक्राउ गरेको छ ।

511
कारोबार संवाददाता
शुक्रवार, कार्तिक १, २०७६

खोज पत्रकारिता केन्द्र नेपालमा चन्द्रकिशोरको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ ।

569
कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६

बुद्ध एयरको काउन्टर र जनकपुर विमानस्थलमा तोडफोड तथा कार्यालयका कर्मचारीमा दुरव्यवहार गरेका सांसद प्रमोदकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर प्रहरी कार्यलय धनुषाको उजुरीमा प्रहरी अपराध महाशाखा काठमाडौंले पक्राउ पूर्जी जारी भएपछि साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको हो ।

635
कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६

अर्घाखाँची युवा परिषद् तथा जिल्लाको खेलकुद क्षेत्रमा पत्रकारिताको माध्यमबाट उत्कृष्ट कलम चलाएको भन्दै कारोबारकर्मी घनश्याम पौडेललाई सम्मान गरिएको छ ।

580
कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६

हत्या आरोपमा पक्राउ परेका सांसद मोहम्मद आफताब आलमलाई रौतहट जिल्ला अदालतले अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको छ । मंगलबार न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आलमलाई अनुसन्धानका लागि ७ दिन म्याद थप गर्ने अनुमति दिएको हो । आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । प्रहरी प्रधान कार्यालयबाट गएको टोलीले उनलाई पक्राउ गरेको थियो । १२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । विष्फोटमा घाइते भएका ११ जनालाई इँटाभट्टाको भुंग्रोमा हालेर हत्या गरेको आरोप आलममाथि छ ।

417
कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६

यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख तथा सांसद कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । मंगलबार अदालत पेश गरिएका महरालाई अदालतले म्याद थपेको हो । महरा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए । पक्राउ परेयता महरा १० दिन थुनामा बसिसकेकाले अब तीन दिन थुनामा रहनेछन् ।

451
कारोबार संवाददाता
मंगलबार, आश्विन २८, २०७६

बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार (आज) काठमाडौं जिल्ला अदालत लगिने भएको छ । थुनामा राखेर थप अनुसन्धानको गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको हो ।

416
नीरज पिठाकोटे
मंगलबार, आश्विन २८, २०७६

अवैध सामान ओसार पसारका लागि चर्चित सीमा नाकाबाट चाडपर्वको समयमा तस्करीमा वृद्धि भएको छ । दसैं, तिहार र छठ पर्वको बीचमा सीमा नाकाबाट तस्करी बढेको हो । चाडपर्व आउन एक महिना अगाडि नै विभिन्न उपभोग्य सामग्रीदेखि मनोरञ्जनका सामग्रीहरूको तस्करीमा वृद्धि भएको हो । सीमाको मुख्य नाकाहरूमा कडाई गरेजस्तो गरेपनि तस्करहरूले बारा र पर्साका अन्य साना नाकाहरूबाट निर्वाध रुपमा तस्करीको धन्दालाई कायम नै राखेका छन् ।

459
कारोबार संवाददाता
सोमवार, आश्विन २७, २०७६

प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सदस्य मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको छ । रौतहट क्षेत्र नं २ बाट निर्वाचित सांसद आलमलाई रौतहट प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो ।

433