कारोबार संवाददाता
बिहिवार, कार्तिक २१, २०७६

सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा एकै घरका तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा बुधबार बिहान बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै घरका तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

487
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

प्रहरी हिरासतमा रहेका पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराविरुद्ध बिहबिार जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जबरजस्ती करणी प्रयासको आरोप लागेका महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । महराको मूल कसुर मुलुकी अपराध संहिता ०७४ को दफा २१९ को जबरजस्ती करणीसम्बन्धि दफा आकर्षित हुने गरी मुद्दा दायर भएको छ ।

353
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

महानगरीय प्रहरी प्रभाग बलम्वुले जुवा खालवाट ८ जुवाडेलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक शंकर खड्का नेतृत्वको टोलीले चन्द्रागिरि कटेजबाट दुई लाख २० हजार ६ सय ५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

296
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

चितवन राष्ट्रिय निकुञ्जमा भदौयता कालगतीले चार वटा गैंडा मरेका छन् । भदौ ११ गते देखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका हुन् ।

269
रासस
बिहिवार, कार्तिक १४, २०७६

दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु भण्डारा सडकखण्डस्थित तुनी खोलामा आज ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग१ज ३०११ नम्बरको बोलेरो जिप पल्टिँदा २३ जना घाइते भएका छन् । जिपमा ३० जना सवार रहेको बताइएको छ ।

249
कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६

काठमाडौंको साँखुमा बिहीबार अपरान्ह बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

270
कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६

बर्दियामा बाघको आक्रमणवाट एक जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले आक्रमण गर्दा निकुञ्जकै हात्तीसारका माहुतेको रुपमा कार्यरत मङ्गरु थारुको मृत्यु भएको हो ।

350
कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६

बुधबार राती भारत सिलगुरीका ४३ वर्षी रघुबरप्रसाद साह (भीआइपी चोर)लाई बिर्तामोड प्रहरीले लाखौँको गरगहनासहित पक्राउ गरेको छ । साह लामो समयदेखि पूर्वका जिल्लामा चोरी कार्यमा संलग्न रहेको प्रहरीको भनाई छ । साहलाई सिसि क्यामेराको सहायतामा बिर्तामोड प्रहरीले पक्राउ गरेको हो । ५० लाख रुपैयाँ बढी मूल्यको गाडीमा हिड्ने उनलाई बिर्तामोड–५ मा डेरा गरी बस्दै आएका ललिता सापकोटा, गिता पौडेल र मधु गुप्ताको घरमा दिउँसो २ बजे चोरी भएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडले खोजी सुरु गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहन थापाले बताए ।

759
कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६

महराले शुक्रबार अदालतमा ५ घण्टा बन्द इजलाशमा बयान दिएका थिए । जिल्ला अदालत काठमाडौंका मुख्य न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशमा महराको बयान भएको हो । महरालाई पक्राउ गरेको २५ दिनपछि बिहीबार मुद्दा दर्ता भएको थियो । मुलुकी अपराध संहिताको दफा २१९ (३) अनुसार १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम सातदेखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ । महराको हकमा करणी उद्योगमा मुद्दा दर्ता गरिएकाले उक्त सजायको आधामात्र मागदाबी छ ।

381
कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६

अरनिको राजमार्ग अन्तर्गत चौतारा साँगाचोकगढी नगरपालिका–९ स्थित सुकुटेमा बस दुर्घटना हुँदा १६ जनाको घटनास्थलमै मत्यु भएको छ । दोलखाको मुडे देउरालीबाट काठमाडौंका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको हो । प्रहरीका अनुसार मृतक १६ मध्ये १० महिलामा एक बालिका र पाँच पुरुषमा ३ बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार सनाखत भएकाहरुमा दोलखा भीमेश्वर नगरपालिकाकी २४ वर्षिया रञ्जिता केसी, त्रिपुरा सुन्दरी गाउँपालिका ४ सिन्धुपाल्चोककी २७ वर्षिया चमेली श्रेष्ठ र उनकी ६ वर्षिया छोरी साइरानी श्रेष्ठ, दोलखा शैलुङ गाउँपालिका ३ की ५१ वर्षिया रत्नकुमारी राउत, सोही स्थानका ३ वर्षिय सिसन तामाङ रहेका छन् ।

385
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ८, २०७६

लेखक आनन् अच्युत न्यौपानेको उपन्यास ‘बासन्ती प्रेम’ बिहीबार सार्वजनिक भएको छ । बिहीबार काठमाडौंको कुञ्ज थिएटरमा एक कार्यक्रमबीच उपन्यास विमोचन गरिएको हो ।

647
कारोबार संवाददाता
शुक्रवार, कार्तिक ८, २०७६

सरकारले यही कात्तिक १३ गते अर्थात् भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा दिएको छ ।

608
कारोबार संवाददाता
बिहिवार, कार्तिक ७, २०७६

घाट सेवा केन्द्रका कर्मचारीहरुले शवदाह बन्द गर्ने घोषणा गर्दै आन्दोलनमा उत्रिएपछि पशुपति क्षेत्र विकास कोष उनीहरुको सेवा सुविधा बढाउन सहमत भएको छ । घाट सेवा केन्द्रका कर्मचारीहरुले आफ्ना सेवा सुविधा बढाउन माग गर्दै शव जगाउने लगायतका काम ठप्प पारेपछि कोषले तत्काल सम्बन्धित पक्षसँग छलफल गरी उनीहरुको सेवा सुविधा बढाउन सहमत भएको हो ।

603
कारोबार संवाददाता
बिहिवार, कार्तिक ७, २०७६

मानव तस्करसँग मिलेर अनधिकृत रुपमा वैदेशिक रोजगारका लागि विदेश पठाउने भूमिका खेलेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमल प्रसाद पराजुलीसमेत १३ जना कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

580
कारोबार संवाददाता
बिहिवार, कार्तिक ७, २०७६

जनकपुरधाममा गोली प्रहारबाट एक जना व्यवसायीको हत्या भएको छ । बुधबार बिहान करिब १० बजे जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ स्थित मुजेलिया बस्ने ४० वर्षिय पंकज भनिने शंकर चौधरीले गोली चलाउँदा जनकपुरधाम वडा नम्बर १ बस्ने ४३ वर्षिय मनोज साहको मृत्यु भएको हो ।

480