रासस
आइतवार, बैशाख २, २०७५

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ८८० परिवार दूषित पानीको प्रयोग गर्दै आएका छन् । हेण्डपम्पमार्फत आउने दूषित पानीका कारण यहाँका बासिन्दा बिरामी पर्दै आएका छन् । पानीसँगै मिसिएर आउने पहेलो पदार्थका कारण पेट दुख्ने, पत्थरी हुने, छालासम्बन्धी विभिन्न रोग देखा पर्ने गरेको वडासदस्य बलदेव भट्टले बताए ।

952
धर्मेन्द्र कर्ण
आइतवार, बैशाख २, २०७५

मुलुकमा संघीयता लागू भइसकेको छ । यद्यपि, यसका बारेमा बहस भने अहिले पनि चलिरहेकै छ । कसैले लहडै–लहडमा, कसैले संघर्ष गरेर त कसैले विदेशीको बुइ चढेर संघीयता आएको भनेर टिप्पणी गरिरहेकै छन् ।

2709
प्रगति ढकाल
शुक्रवार, चैत्र ३०, २०७४

नेपालको क्षेत्रफलमध्ये वन जंगलको हिस्सा ४४ प्रतिशत छ । विगतदेखि नेपाल वनजंगलको धनी देश भनेर परिचित छ । यसै पनि ‘हरियो वन, नेपालको धन’ भन्ने उखान चर्चित छ । तर यो उखान हालसम्म उखानमै सीमित रह्यो । वनबाट राज्यको समृद्धि गर्ने सरकारी नीतिहरू वन मन्त्रालयकै घर्रामा थन्किए । सरकार फेरिएसँगै वनको नेतृत्व गर्ने मन्त्रीहरू पनि फेरिए । सबैले नछुटाउने एउटै शब्द थियो, हामी वनबाट नै समृद्धि हासिल गर्ने छौ । तर, आजसम्मका मन्त्रीहरूका भाषण केवल भाषणमा मात्रै सीमित भए र जाने बेलामा कर्मचारीतन्त्रलाई दोष देखाउँदै बाहिरिन्छन् ।

2594
किरण आचार्य
शुक्रवार, चैत्र ३०, २०७४

नेताका भाषण होस्, कर्मचारीका प्रतिवेदन होउन वा विकासे संस्थाका नाराहरू नै किन नहोउन । वर्षौंदेखि सबैलाई गज्जबको र बिक्ने विषय बनेको छ कृषि । जनगणनामा आफ्नो पेशा कृषि लेखाउने जनसंख्या मात्र ७० प्रतिशत बढी छ । त्यसैले नेता, कर्मचारी, गैरसरकारी क्षेत्रका अधिकारीहरू र लेख्ने हामीजस्ता पत्रकारलाई पनि कृषि विषय नै प्रमुख लाग्छ । प्रमुख छ पनि ।

1412
कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४

स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहामा शीत भण्डार निर्माण गरिएको छ । आ“धीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) अन्तर्गत नमुना नगदे बाली उत्पादन कार्यक्रम ‘जलस्रोत ब्यवस्थापन आयोजना’ को सहयोगमा शीत भण्डार निर्माण गरिएको हो ।

2881
कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा भएका सर्वेन्द्र खनाल र शैलेन्द्र खनाललाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । बिहीबार राईले दुवै आईजीपीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

1099
कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

दिउँसोको १२ बजेको टनटलापुर घाममा घोराहीको ट्राफिक चोकदेखि ठेला धकेल्दै ३ बालक बीपी चोकमा आइपुगेका थिए । बीपी चोकमा रहेका एकजनाले सोधे के ल्याएको बाबु ? एक बालकले भने कुल्फी किन्नुनी हो ।

1171
कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

अछामको मेल्लेख गाउँपालिका पशुपालनमा करिब आत्मनिर्भर बनेको छ । यो गाउँपालिकाका सबैजसो वडाका किसान पशुपालनका हिसावले निकै अगाडि भएका कारण गाउँपालिका नै पशुपालन र मासुजन्य वस्तुमा करिब आत्मनिर्भर देखिएको हो ।

1168
कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

खसीबोकाले बजार नपाउँदा म्याग्दीको दुर्गम क्षेत्रका किसान निराश भएका छन् । धौलागिरि गाउँपालिकाको लुलाङ, मुदी, गुर्जा, मुना, मल्कवाङका कृषकहरूले खसीबोका बिक्रीका लागि बजार र उचित मूल्य पाउन नसकेको गुनासो गरेका छन् ।

1261
कारोबार संवाददाता
बिहिवार, चैत्र २९, २०७४

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई सामूहिक नेतृत्वबाट अघि बढाउने प्रतिवद्धता जनाएका छन् । सेवा अवधिबाट अवकास पाएका प्रहरी महानिरीक्षक प्रकाश अर्याललगायत उच्च पदस्त अधिकारीहरुको विदाई समारोहलाई सम्बोधन गर्दै खनालले संस्थागत र सामूहिक नेतृत्वका आधारमा जिम्मेवारी निर्वाह गर्ने स्पष्ट पारेका हुन् ।

1315
मातृका दाहाल
बुधवार, चैत्र २८, २०७४

नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआइजी) रमेशप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन् । अपराध विरुद्धका अभियानमा लोकप्रिय छवी बनाएका डीआइजी खरेलले आइजीपी बढुवामा सरकारले अफूलाई आन्याय गरेको निष्कर्ष सहित प्रहरी सेवाबाट बाहिरिएका हुन् । खरेलको राजीनामा गृह मन्त्रालयले बुधबार नै स्वीकृति गरेको छ ।

3668
रासस
बुधवार, चैत्र २८, २०७४

फिदिम नगरपालिका–३ लालीखर्कका महिला नेपाली हाते कागज बनाएर आम्दानी गर्दै आएका छन् । स्थानीय स्तरमा उत्पादित अर्गेली (लोक्ता) बाट कागज बनाएर यहाँका महिला आत्मनिर्भर बनेका हुन् । घरधन्दाबाट बचेको समयमा प्रतिदिन ५०० प्रतिसम्म कागज बनाउन सकिने फिदिम नगरपालिका–३, लालीखर्ककी लीला राईले बताए ।

1544
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

नेपालमा कम्तीमा पाँच सय प्रजातिका फूलको व्यावसायिक खेती हुने गरेको छ । पुष्प उत्पादक तथा व्यवसायीको छाता संगठन फ्लोरिकल्चर एसोसिएसनले उपभोक्ताको मागअनुसार बर्सेनि थप प्रजातीका फूलको व्यावसायिक उत्पादन गरिँदै आएको जनाएको छ ।

2108
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

अर्घाखाँचीको पाणिनी गाउँपालिकाका किसान अग्र्यानिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । भारतबाट आउने तरकारी नियन्त्रण गर्दै स्थानीय किसान अग्र्यानिक तरकारी उत्पादनमा सक्रिय भएका हुन् । निर्वाहमुखी तरकारी खेती गर्दै आएका पाणिनी गाउँपालिकाका किसान व्यवसायिक खेतीमा लागेका हुन् ।

1168
कारोबार संवाददाता
बुधवार, चैत्र २८, २०७४

ताप्लेजुङको फुङलिङ नगरपालिका–४, उकालीपानीका कृष्णकुमार गुरुङको घरमा वर्षमा दुई जोडी भेडा पाल्ने गरेको बाजेकै पालादेखि हो । गुरुङको टाट्नोमा वर्सेनि भेडा पालिएकै हुन्छ । किनकी गुरुङ समुदायको घरमा भेडा र लिम्बु समुदायको घरमा सुँगुर नभए समाजमा कुरा काट्ने चलन छ ।

1644