कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ११, २०७४

सीडीएस एन्ड क्लियरिङ कम्पनीले रसुवागढी र साञ्जेनको साधारण सेयर निष्कासनदेखि सी–आस्बा कार्यान्वयन सुरु गर्ने भएको छ । सीडीएसले मेरो सेयरमार्फत कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि छुट्याएको ती कम्पनीको सेयर निष्कासनदेखि सी–आस्बा पूर्ण कार्यान्वयन गर्ने भएको हो ।

2427
रासस
शुक्रवार, फाल्गुन ११, २०७४

प्रदेश नं ६ मा केन्द्रीय सरकारले खटाएका कर्मचारी अझै आइपुगेका छैनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मातहतका मन्त्रालयमा दरबन्दीअनुसारका कर्मचारी समयमै नआइपुग्दा कर्मचारीको अभाव भएको हो ।

2123
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ११, २०७४

बाँकेको मासु व्यवसायीलाई अन्तर्राष्ट्रियस्तरको तालिम दिन थालिएको छ । मासुलाई हाइजेनिक बनाउने र स्टोरेज गर्ने तरिका सिकाउन तालिमको व्यवस्था गरिएको हो । व्यावसायिक कृषी तथा व्यापार आयोजना र फ्रेस हाइजेनिक फुड, बाँकेले संयुक्त रूपमा खजुरा गाउँपालिकाको सोनपुरमा पाँच दिने प्रशिक्षण कार्यक्रम सुरु गरेका हुन् । प्याक्टको सहयोगमा प्रशिक्षण सुरु गरिएको फ्रेस हाइजेनिक फुड बाँकेका सञ्चालक दीपेन्द्र जोशीले बताए ।

956
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ११, २०७४

तत्कालीन नेकपा माओवादीको एक दशक लामो सशस्त्र युद्धमा कमाण्डरको जिम्मेवारी पाएका भरत धानुक अहिले बाख्रापालनमा सक्रिय भएका छन् । तीन वर्षअघि ५० वटा बाख्राबाट व्यवसाय सुरु गरेका उनीसँग हाल ४ सयभन्दा बढी बाख्रा छन् । उनले मिलन बन्धु बाख्रापालन फर्म नै दर्ता गराएका छन् ।

2068
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १०, २०७४

बिहान उज्यालो भएपछि घरको काम गर्न व्यस्त हुनुपर्ने यहाँका बासिन्दा खानेपानी बोक्नै व्यस्त हुन्छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका केरुंगाको समस्या हो यो । यहाँ हिउँद लागेसँगै खानेपानीको चरम समस्या हुने गर्छ । यहाँका बासिन्दा बिहानको समयमा विद्यार्थी, अधवंैशेदेखि वृद्धसम्म पानी बोक्नमै तल्लीन हुन्छन् ।

1468
मातृका दाहाल
बिहिवार, फाल्गुन १०, २०७४

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मुलुकमा नेपालले यस वर्षपनि निराशाजनक नतिजा पाएको छ ।ट्रान्स्परेन्सी इन्टरनेशनले बिहीबार सार्वजनिक गरेको भ्रष्टाचार र सुशासन सम्वन्धि सूचकांक २०१७ अनुसार सुशासन र पारदर्शीता कायम गर्न नेपाल अझै असफल देखिएको हो ।

2088
मातृका दाहाल
बिहिवार, फाल्गुन १०, २०७४

व्यक्ति हत्या अभियोगमा प्रहरीको सर्वाधिक खोजीमा रहेका गुन्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आले नेपाल प्रहरीको ‘इन्काउन्टर’मा मारिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यरूो (सीआइवी) र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको कारबाहीमा पुन र आले मारिएका हुन् ।

1232
कारोबार संवाददाता
बिहिवार, फाल्गुन १०, २०७४

प्राध्यापक डा. गोविन्द केसीले आफूविरुद्ध भ्रम फैलाउन खोजिएको भन्दै आफ्नो नागरिकता र प्रमाणपत्र सार्वजानिक गरेका छन् । शिक्षण अस्पताल महाराजगन्जमा बुधबार पत्रकार सम्मेलन गर्दै डा. केसीले आफ्नो बारेमा आएको समाचार भ्रामक भएको पनि बताए ।

1461
कारोबार संवाददाता
बुधवार, फाल्गुन ९, २०७४

भूमिसुधार कार्यालय बाँकेका कर्मचारीको मिलोमतोमा मोही नभएको महंगो जग्गामा कर्मचारी र जग्गा माफियाले थाहै नदिई मोही कायम गरेको खुलासा भएको छ ।

1679
कारोबार संवाददाता
बुधवार, फाल्गुन ९, २०७४

अर्घाखाँचीको पाणिनी गाउँपालिकाका किसान भारतबाट तरकारी आयात नियन्त्रण गर्दै स्थानीय उत्पादनलाई बढावा दिने उद्देश्यले व्यावसायिक तरकारी खेती गर्न अग्रसर भएका छन् । निर्वाहमुखी तरकारी खेती गर्दै आएका पाणिनी गाउँपालिका–२ पोखराथोक, वडा नम्बर ३ खिदिम र वडा नं. ७ अड्गुरीका कृषक व्यावसायीक तरकारी उत्पादन गर्न लागि परेका हुन् ।

1756
कारोबार संवाददाता
बुधवार, फाल्गुन ९, २०७४

चौधरी समूहले नवलपरासीमा निर्माण गरेको शाश्वतधाममा श्रीलंकाबाट ल्याइएको भगवान गौतम बुद्धको अस्तु राखिने भएको छ । उक्त अस्तु शाश्वतधाममा निर्माण गर्न लागिएको बुद्धिष्ट सेन्टरमा राखिने भएको छ । शाश्वतधाम सर्वसाधारणलाई खुला गरिएको ११ महिनामा १२ लाखले दर्शन गरिसकेका छन् ।

2115
दीननाथ बराल
मंगलबार, फाल्गुन ८, २०७४

पोखरामा आज (मंगलबार) बम बिष्फोट हुदा एक पत्रकार र एक जना प्रहरी घाईते भएका छन। पोखराको विजयपुरमा आज करिब ११ः४० बजे बम विष्फोट हुाद पत्रकार घनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खबी घाईते भएका हुन । पत्रकार पाण्डेको घाँटी र टाउकोमा चोट लागेको छ भने प्रहरीको समेत शीररमा चोट लागेको छ ।

1475
एजेन्सी
मंगलबार, फाल्गुन ८, २०७४

जिल्लाको धार्मिक पर्यटनलाई बढावा दिने उद्देश्यले व्यक्तिगत लगानीमै करोड बढीको शिवमूर्ति र मन्दिर स्थापना गरिएको छ । बगनासकाली– ८ झिरभञ्ज्यांगका ४६ वर्षका भीम बस्यालले व्यक्तिगत लगानीमा यहाँस्थित शिवासनधाममा नेपालकै ठूलो शिवको मूर्ति स्थापना गरेका छन् । पूजाआजाका लागि मात्र होइन, मूर्ति हेर्नका लागि पनि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ एक करोडभन्दा बढी लगानी गरेर बस्यालले शिवको मूर्ति स्थापना गरेको बताएका छन् ।

764
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ८, २०७४

तीन वर्षअघि गुल्मीबाट सुरु भएको पैंचो पसल लोकप्रिय बन्दै गएको छ । आफ्नै उत्पादनसहित काठमाडौं, पोखरा, चितवन, हेटौंडा, नेपालगन्जमा पसल सञ्चालन गरिसकेको पैंचोले दाङमा सेवा विस्तार गरेको छ ।

1962
कारोबार संवाददाता
मंगलबार, फाल्गुन ८, २०७४

देशका धेरै जिल्लाका किसान उन्नत जातका गाई भैंसीपालनमा लोभिए पनि पाँचथरमा भने अधिकांस किसान स्थानीय जातकै गाई–भैंसीमा निर्भर छन् । उन्नत जातका गाई–भैंसीले स्थानीयको तुलनामा धेरै दूध दिने भए पनि अधिकांश कृषकका गोठमा स्थानीय जातकै गाई–भैंसी भेटिने गरेका हुन् । जिल्ला पशुसेवा कार्यालयका अनुसार अहिले जिल्लामा ९९ हजार २ सय ७४ स्थानीय गाई छन् । तीमध्ये ३१ हजार ५ सय दुहुनो छन् ।

1451