मीनकुमार नवोदित
सोमवार, फाल्गुन २१, २०७४

विराटनगर महानगरपालिकाले क्लिन विराटनगर योजनासहित अभियान सञ्चालन गरेको छ । विराटनगरको बी प्लटमा आइतबार एक कार्यक्रमको आयोजना गरेर प्रमुख भीम पराजुलीले अभियानको शुभारम्भ गरेका हुन् ।

858
कारोबार संवाददाता
सोमवार, फाल्गुन २१, २०७४

नेपाल खाद्य संस्थान जुम्लाले अनुदानमा बिक्री वितरण गर्दै आएको चामल घरेलु मदिरा उत्पादनमा प्रयोग हुने गरेको छ । संस्थानले अनुदानमा बिक्री वितरण गर्दै आएको मोटो चामल स्वादिलो नहुने र घरेलु मदिरा उत्पादनका लागि उपयुक्त हुने उपभोक्ता बताउँछन् । सोही कारण उपभोक्ताहरूले संस्थानबाट अनुदानमा चामल खरिद गरी मदिरा बनाउन प्रयोग गर्ने गरेका छन् ।

1860
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

युवाहरू रोजगारीको खोजीमा बिदेसिने क्रम बढ्दो छ । आफ्नै देशमा श्रम र मेहनत गर्ने युवा थोरै संख्यामा छन् । तर, पछिल्लो समय तेह्रथुमका युवा व्यावसायिक पशुपालन गरी दूध बिक्रीतर्फ आकर्षित हुन थालेका छन् ।

1424
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

तनहुँको म्याग्दे गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाइने भएको छ । आलुमा आत्मनिर्भर बनाउन गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको छ ।

763
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १८, २०७४

पछिल्लो समय सरकारी विद्यालयमा आधारभूत शिक्षाको मोह बढ्दै गएको छ । अहिले चलेको भर्ना अभियानका क्रममा सरकारी विद्यालयले अंग्रेजी शिक्षालाई बढी प्राथमिकता दिँदै प्रचार गरिरहेका छन् । प्रायः अंग्रेजी माध्यममा निजी विद्यालयले मात्रै पढाउने गरेका छन् ।

1612
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १८, २०७४

चरन क्षेत्रको अभावमा तेह्रथुमको ग्रामीण भेगका किसानले भेडा पाल्न छाडेका छन् । योसँगै राडीपाखी व्यवसायसमेत संकटमा परेको छ । छथर गाउँपालिका–५ ओख्रेका भेडापालक कृषक रोमा ठकुरीले चरन अभावका कारण व्यवसाय छाड्ने सोचमा रहेको बताउँछन् । एक दशक अघी जिल्लाको ग्रामिण क्षेत्रमा प्रशस्त रुपमा भेडापालन गर्दै आएका किसानले पछिल्लो समय चरन अभावका कारण व्यवसाय छाड्दै गएका छन् ।

1567
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १८, २०७४

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले वाम गठबन्धनसँग आर्थिक एजेन्डालाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउने एजेन्डा नभएको र उनीहरूबाट धेरै अपेक्षा गर्न नहुने विचार व्यक्त गरेका छन् ।

1099
कारोबार संवाददाता
बुधवार, फाल्गुन १६, २०७४

बर्दिया राजापुर–४ का अगुवा कृषक शर्मा चौधरीको पुस्तौंदेखिको मुख्य पेसा धान खेती गर्ने हो । उनले ५ विगाहामा व्यावसायिक धान खेती गर्छन् । घरपरिवार पाल्नेदेखि जीवन गुजाराको मुख्य आधार नै त्यही खेतीपाती बनेपछि उनको सिंगो १६ जनाको परिवार धान खेतीमा होमिएको छ ।

1928
मातृका दाहाल
बुधवार, फाल्गुन १६, २०७४

नेपाल प्रहरीले राष्ट्र बैंकको स्वीकृतिबेगर गैरकानुनी रूपमा आर्थिक कारोबार गर्ने संस्थाको खोजीकार्य अघि बढाएको छ । बैंक तथा वित्तीय संस्था एवं सहकारीकोभन्दा बढी ब्याजदर उपलव्ध गराउने प्रलोभनमा सर्वसाधारणबाट गैरकानुनी रूपमा रकम उठाउने गिरोह पूर्वी नेपालका विभिन्न स्थानबाट पक्राउ परेपछि ब्यूरोले अन्य जिल्लामा पनि अनुसन्धान थालेको हो । राष्ट्र बैंकले पनि यस्तो अपराधमा संलग्न विरुद्धको अभियानलाई निरन्तरता दिन ब्यूरोलाई अनुमति दिएको छ ।

1740
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १५, २०७४

कर्णालीमा छाउपडीको डरलाग्दो तथ्यांक सार्वजनिक गरिएको छ । कर्णालीका मुगु, जुम्ला र कालिकोटका साविकका २१ गाउँ विकास समितिमा गरेको अध्ययनअनुसार कुनै कुनै रूपमा अहिले पनि छाउपडी प्रथा डरलाग्दो अवस्थामा रहेको पाइएको हो ।

1127
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १५, २०७४

पाँचथरको सदरमुकामबाट करिब ३४ किमिको दूरीमा रहेको आगेजुङ गुम्बाका बारेमा पाँचथरवासीलाई मात्रै होइन, फिदिममै रहने धेरैलाई यसको खासै जानकारी छौन । बत्तीमुनिको अँध्यारो भने झैं सदरमुकाम फिदिमको नजिक रहेर पनि पूर्वी क्षेत्रको सबैभन्दा पुरानो मानिएको आगेजुङ गुम्बा गुमनाम छ ।

790
कारोबार संवाददाता
मंगलबार, फाल्गुन १५, २०७४

देवघाटधामको वेदवेदाङ स्कुललाई महालक्ष्मी विकास बैंक नारायणगढ शाखाले शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ । शनिबार एक कार्यक्रमकाबीच बैंकका शाखा प्रबन्धक श्यामबावु तिमिल्सिनाले गलेश्वर आश्रमका पीठाधीश आत्मनन्द गिरिजी महाराजलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरे ।

943
कारोबार संवाददाता
सोमवार, फाल्गुन १४, २०७४

जुम्लाका नन्दे सार्कीको दैनिकी जुत्ता सिलाएर बित्छ । यो उनको पुख्र्यौली पेसा नै हो । तर, पुख्र्यौली पेसालाई व्यावसायिक बनाउँदा आम्दानीको गतिलो स्रोत बन्यो । कुनै बेला घर खर्च चलाउन र चाडपर्व मनाउन साहुको घरदैलो गुर्हानु पर्ने उनको तीतो यथार्थ थियो । जुता सिलाउने उनको पुख्र्यौली पेशा भएकाले पनि उसलाई व्यावसायिकता बनाउन र जोगाउन निरन्तर लागि परेको उनको अनुभव छ ।

2591
कारोबार संवाददाता
सोमवार, फाल्गुन १४, २०७४

महानगरीय प्रहरी परिसर काठमाडौंले अपराधविरुद्ध विशेष अभियान सञ्चालन गर्न २ सय सुराकीसँग गोप्य सम्झौता गरेको छ । अदालतले दोषी ठहर गरेपछि फरार भएका, प्रहरीको अनुसन्धानमा रहेका तथा चोरी, डकैती, फिरौती असुललगायत कसूरमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन उक्त सम्झौता गरेको हो । सूचना दिएबापत सूचनाको अवस्था हेरेर सुराकीहरुलाई पुरस्कृत समेत गर्ने प्रहरीले जनाएको छ ।

1849
रासस
आइतवार, फाल्गुन १३, २०७४

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामाको माग गदै आज माइतीघरमा प्रदर्शन गरिएको छ । सोलिडारिटी फर गोविन्द केसी एलाइन्सको आयोजनामा दिउँसो एक घण्टा पराजुलीविरुद्ध प्रदर्शन गरिएको थियो ।

1132