कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

तातोपानी गाउँपालिका–३ लिताकोटगाउँका करन सुनार आफ्नै जन्मभूमिमा स्वरोजगारका लागि पाखुरा चलाउँदै आएका छन् । सुनारले भने रोजगारका लागि विदेशिनु पर्ने अवस्था छैन काम गर्न सके आफ्नै ठाउँमा रोजगार छ । उनीजस्तै तिलाकोट गाउँका सयौं युवा आफ्नो जन्मथलोमा पाखुरी खियाएर स्वरोजगार बन्दै आएका छन् । नेपालमा रोजगार छैन भन्दै विदेशिने युवालाई उनीहरू भन्छन् विदेशमा बसेर खान मिल्दैन पसिना चुहाउन सके स्वदेशमै रोजगार छ ।

778
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

वषौंदेखि साँघुरो र जोखिमयुक्त साँघुबाटै स्कुले बालबालिका हातखुट्टा टेकेर विद्यालय पुग्ने गरेका छन् । घाँसपात ओसार्न पनि स्थानीयलाई उस्तै असहज अवस्था छ ।

598
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

व्यावसायिकरुपमा मकै खेती गर्दै आएका रौतहटको चन्द्रपुर नगरपालिका–३ गैंडाटारका किसानले लगाएको मकैको घोगामा दाना नलागेपछि उनीहरु चिन्तित भएका छन् । मकै उत्पादनका लागि पकेट क्षेत्र मानिने रौतहटको गैंडाटारमा यस पटक मकैको घोगामा दाना नलागेपछि किसान चिन्तित भएका हुन् ।

1379
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

बेथाञ्चोक गाउँपालिका–१ का दुर्गाप्रसाद घिमिरेले व्यावसायिक अम्रिसो खेती सुरु गरेका छन् । पाखोबारीको कान्लामा लगाइएको अम्रिसोले राम्रो मूल्य पाएपछि उनले ५ रोपनी जग्गामा व्यावसायिक खेती सुरु गरेका हुन् । उनलाई अम्रिसो खेतीबाट १० जनाको परिवार चलाउन सहज भएको छ ।

1051
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

राजधानीस्थित भृकुटीमण्डपमा मिडिया स्पेस सोलुसन्स प्रालि र फटेक्स टे«ड फोयर एन्ड इभेन्ट प्रालिले सयुंक्त रूपमा आयोजना गर्दै आएको नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी मेला आइतबार सम्पन्न भएको छ । चार दिनसम्म चलेको उक्त मेलामा कृषि, पशुपालन र नयाँ कृषिसँग सम्बन्धी प्रविधिको प्रदर्शनी गरिएको थियो ।

591
कारोबार संवाददाता
सोमवार, फाल्गुन ७, २०७४

पूर्वराजा ज्ञानेन्द्र शाहले २०६२-०६३ सालको परिवर्तनका बेला भएका राजनीतिक सम्झौता पालना गर्न दलहरुसँग फेरि माग गरेका छन् । ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले आफूले राजकीय अधिकार प्रयोगबाट गरिएको परिवर्तनका बेला भएका सम्झौता पालना हालसम्म नभएकोमा पनि असन्तुष्टि जनाएका छन् । तर, उनले के के सम्झौता भएका थिए भन्नेबारे केही खुलाएका छैनन् ।

4450
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

सिन्धुलीको कमलामाई नगरपालिका– ४ ढुंग्रेबासफाँटकी निरू श्रेष्ठ सुधारिएको चुलो बनाएर मनग्य आम्दानी गर्दै आएकी छन् । लामो समयदेखि चुलो बनाउने पेसा थालेकी श्रेष्ठले गाउँगाउँमा पुगेर चुलो बनाउँदै लोभलाग्दो कमाइ गरिरहेकी छन् ।

782
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

इटहरीमा खोला तथा पैनी मिचेर बनाइएका भौतिक संरचना डोजर लगाएर भत्काउन सुरु गरिएको छ । नगर क्षेत्रका विभिन्न खोला तथा पैनीलाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना उपमहानगरपालिकाले डोजर लगाएर भत्काएको हो ।

999
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

म्याग्दीको बेनी नगरपालिका–५ डडुवामा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण भएको छ । पुलाचौर डडुवा लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनामार्फत फेदीको पानी डाँडामा पु¥याएर घरघरमा वितरण गरिएको हो ।

2477
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

कृषि क्षेत्रका लागि इलाममा सरकारले वर्सेनि करोडौं रूपैयाँ लगानी गर्दै आएको छ । सरकारको यो लगानी किसानसम्म नपुगेको किसानको गुनासो पनि सुन्न छाडिएको छैन । लगानीको सही कार्यान्वयन र अनुगमन पनि प्रभावकारी रूपमा हुन नसकेको सरोकारवालाको भनाई छ ।

636
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

साना तथा मझौला किसान आयस्तर वृद्धि आयोजनाद्वारा सञ्चालित उपआयोजनाअन्तर्गतका विभिन्न व्यवसाय तथा उद्योगको नाफा निकै उच्च रहेको पाइएको छ ।

548
कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४

खेतीकिसानीबाट कार किन्न सम्भव छ ? छ । कालिकोटका पौरखी किसानले कृषि बालीबाट आर्जन गरेको कमाइले गाडी किनेका छन् । खाँडाचक्र नगरपालिका– ४ बद्रीगाउँका पौरखी किसानहरूले तरकारी बेचेर नै कारलगायतका सवारीसाधन जोडेका छन् । आलु, गोलभेंडा, काउली, गाजर, प्याजलगायतका तरकारीको आम्दानीले उनीहरूले सवारी साधनका पनि मालिक बनेका हुन् ।

2139
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

उत्पादन लागतअनुसारको मूल्य नपाउँदा व्यावसायिक रहरको खेती गर्ने किसान मारमा परेका छन् । महाभारत शृंखलाको तल्लो क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोत रहर दालले उत्पादन लागतकै मूल्य नपाउँदा किसान मारमा परेका हुन् । हिजोआज स्थानीय बजारमा रहर दाल प्रतिकिलोग्राम ५५ रुपैयाँले खरिद बिक्री भइरहेको छ । ५५ रुपैयाँमा बिक्री गर्नुपर्दा उत्पादन लागतमै घाटा भएको किसान बताउँछन् ।

1611
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

‘प्राङ्गारिक खेतीको प्रवद्र्धन, स्वस्थ जीवनको अवलम्बन’ नारासहित बुटवलमा ११ औं राष्ट्रिय प्राङ्गारिक कृषि मेला सुरु भएको छ । बुटवल रामनगरस्थित बुटवल मण्डपमा सञ्चालित मेलाको प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले उद्घाटन गरे ।

731
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन ४, २०७४

ग्रामीण क्षेत्रका बजारलाई केन्द्र बनाएर सरकारले तेह्रथुमका स्थानीय तहको पुनर्संरचना गरेपछि घरजग्गाको मूल्य अकासिएको छ । गाउँपालिका केन्द्र तोकिएका स्थान र आसपासका क्षेत्रमा हाल घर–घडेरीको किनबेच र घर निर्माण कार्य तीव्र रूपमा हुन थालेका छन् । फलस्वरूप जग्गा र घर घडेरीको मूल्य पहिले भन्दा दोब्बर÷तेब्बरले बढेको छ ।

3403