रासस
आइतवार, जेठ १३, २०७५

लामो समयदेखि वर्षा नहुदा परेको खडेरीका कारण गर्मी बढेसँगै. खानेपानीका मुहान सुक्न थालेका छन् । 

2591
राजेन्द्र बस्नेत
आइतवार, जेठ १३, २०७५

भूकम्प पश्चातको आवास पुनर्निर्माण लाभग्राही सूचीमा नाम नपरेर घर बनाउन नपाएको कुरा त पुरानै हो । आवास पुनर्निर्माण सूचीमा नाम भएर पनि घर बनाउन नपाएको समस्या आएको छ ।

824
कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५

पाल्पा उद्योग वाणिज्य संघद्वारा आयोजित पाल्पा महोत्सव–०७४ को आय–व्यय सार्वजनिक गरेको छ । महोत्सवबाट १ करोड ३८ लाख ४८ हजार आम्दानी भएकोमा ७७ लाख ४० हजार खर्च भई ६१ लाख ७हजार बचत भएको संघका अध्यक्ष एवं मेला महोत्सव आयोजक समितिका संयोजक मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।

990
सागर परियार
आइतवार, जेठ १३, २०७५

जुम्लामा कालीमार्सी धानको रोपाईं सुरु भएको छ । जुम्ला जिल्लाभर रोपाईं सुरु हुँदा कृषक अहिले खेतमा लगाइएको जौ काट्दै मार्सी रोप्न व्यस्त छन् । जिल्लाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र पानसय क्षेत्रमा स्थानीय काली मार्सी र राती मार्सीको धमाधम रोपाईं हुँदै छ । जिल्लाको गुठिचौर क्षेत्रमा भने जेठको पहिलो सातादेखि धान रोप्न सुरु भएको हो । अग्लो स्थानमा भने जेठको अन्तिममा रोपाईं गर्ने चलन छ । सिंजा, पानसय र चौधविस गरी तीन क्षेत्रमा विभाजित जुम्लामा जेठ पहिलो साताबाट रोपाईं सुुरु हुन्छ ।

2242
कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५

नेपाल भेटेरिनरी एसोसिएसनको अध्यक्षमा डा. शीतलकाजी श्रेष्ठ निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न १३ औं राष्ट्रिय अधिवेसनले श्रेष्ठको नेतृत्वमा नयाँ संघीय कार्यसमिति चयन गरेको हो ।

1120
कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५

छाउपडीका कारण अछाम जिल्ला निकै बदनामी भइसकेको छ । महिला महिनावारी भएका बेला घरबाट टाढा निर्माण गरिएका सानासाना गोठमा बस्नुपर्ने सामाजिक कुप्रथाका कारण महिलाहरू जोखिममा समेत रहेका छन् ।

1162
कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५

भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत ५ हजार ३४४ निजी आवासतर्फका प्रभावित थपिएका छन् । भूकम्प अतिप्रभावित १४ जिल्लाबाट आएका गुनासाको प्रारम्भिक परीक्षण र पुनः जाँच सर्वेक्षणअन्तर्गत गत भदौदेखि कात्तिकसम्मको स्थलगत रूपमा गरिएको तथ्यांकलाई विश्लेषण गरेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रभावितको सूची थपेको हो ।

825
कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५

उपभोक्ताको हकहितका पक्षमा कलम चलाई समाजमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कारोबारकर्मी लक्ष्मी सापकोटा सम्मानित भएकी छन् ।

870
रासस
शुक्रवार, जेठ ११, २०७५

दलित विद्यार्थी भर्ना लिन नमानेपछि झापाको भद्रपुरमा सञ्चालित एक गुरुकूलका अध्यक्ष र प्राचार्यविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

1723
कारोबार संवाददाता
शुक्रवार, जेठ ११, २०७५

पछिल्लो समयमा नेपाली अलैंचीको प्रशोधन प्रविधि र गुणस्तर चर्चाको विषय बनेको छ । अलैंची व्यवसायीहरूले अलैंचीको उत्पादन र प्रशोधनको विधि परिवर्तन गर्न सुझाव दिएका छन् ।

2049
कारोबार संवाददाता
शुक्रवार, जेठ ११, २०७५

वर्षौंदेखि गाउँघरमा बाँदरले दुःख दिने क्रम नरोकिएपछि धनकुटा नगरपालिकाले बजेट नै छुट्याएर बाँदर स्थानान्तरणको काम थालेको छ । किसानले लगाएको बाली बाँदरले खाइदिने र नोक्सान गर्ने कार्य नरोकिएपछि धनकुटा नगरपालिकाले चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट छुट्याएरै बाँदर समात्ने अभियान चलाएको हो ।

1287
कारोबार संवाददाता
शुक्रवार, जेठ ११, २०७५

सरकारकोे नीति तथा कार्यक्रममाथि बिहीबार राष्ट्रिय सभामा छलफल भएको छ । त्यसक्रममा राष्ट्रियसभाका सदस्यले नीति तथा कार्यक्रममा छुटेका विषयलाई बजेटमा समेट्न सुझाव दिएका छन् ।

1123
कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५

अवैध तरिकाले प्राकृतिक स्रोतमाथि दोहन गर्नेमाथि प्रहरीले कारबाही थालेको छ । नियम मिचेर ढुंगा, गिटी, बालुवा उत्खनन् गर्नेलाई प्रहरीले कारबाही थालेको हो ।

1715
कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–८ का दलित बस्तीका बासिन्दाले जनता आवास कार्यक्रमको रकम लिन बैंकमा खाता खोलेका छन् । डोल्पाको विभिन्न ठाउँमा ४२५ घरधुरीले घर निर्माण गर्नका लागि सरमुकामस्थित सिटिजन बैंकमा खाता खोलेका हुन् । साविको पाहाडा गाविस, सर्मी गाविस र कालिका गाविसमा जनता आवास कार्यक्रमअन्तर्गत दलित बस्तीमा घर निर्माणकार्य सुरु भइसकेको छ ।

2988
कारोबार संवाददाता
बिहिवार, जेठ १०, २०७५

तत्कालीन समयमा विद्रोही माओवादी र राज्य पक्षको दोहोरो भिडन्तको चपेटामा परेर पीडा बेहोरेको खारागाउँमा नेपाली सेनाले अस्पताल बनाएको छ । युद्धकै कारण चर्चामा आएको खारामा राज्यप्रति जनताको विश्वासलाई स्थापित गराउन अस्पताल निर्माण गरिएको हो । नेपाली सेनाको देवी दल गण सल्ले रुकुमले अस्पताल निर्माण गरेर एक कार्यक्रमका बीच स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

1073