मातृका दाहाल
सोमवार, माघ २९, २०७४

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संघीयतामा नेपाल प्रहरीको प्रशिक्षण र तालिममा एकरुपता नभए राष्ट्रिय सुरक्षाका लागि चुनौती थपिने बताएका छन् ।संघीय व्यवस्थामा सबै प्रदेश प्रहरीको तालिम र प्रशिक्षण एकरुपता बनाउनुपर्ने भन्दै आइजीपी अर्यालले त्यसो नभए देशका लागि नै अहित हुनसक्ने चेतावनी दिएका हुन् ।

1298
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

नेपाल खाद्य संस्थानले निकै कम मूल्य तोकेका कारण बाँके र बर्दियाका अधिकांश किसानले संस्थानलाई धान बिक्री गरेका छैनन् । दुई वर्षअघि मोटो धान प्रतिक्विन्टल २ हजार १ सय रुपैयाँमा खरिद गरेको नेपाल खाद्य संस्थानले गत वर्ष २ हजार ५० र यो वर्ष २ हजार ३० रुपैयाँ प्रतिक्विन्टल मूल्य निर्धारण गरेपछि किसानले संस्थानलाई बिक्री नगरेका हुन् ।

748
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

नगदेबालीको रूपमा खेती गर्दै आएको अम्रिसोले मूल्य नपाउँदा पूर्वी जिल्लाका किसान चिन्तित बनेका छन् । तीन वर्षको बीचमा अम्रिसोको मूल्यमा ७५ प्रतिशत गिरावट आएपछि व्यावसायिक अम्रिसो खेती गर्ने किसान चिन्तित बनेका हुन् ।

647
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

हुम्लामा सोमबार रातीबाट सुरु भएको हिमपातले सातवटाके गाउँको सदरमुकाम र अन्य बस्तीसँग सम्पर्क विच्छेद भएको छ । नाम्खा गाउँपालिकाको लिमी, हल्जी, मुचु, याल्वाङ्, यारी, हिल्सा, नेप्का पूर्णरुपमा सम्पर्कबिच्छेद भएका छन् । जिल्लाका अधिकांश उत्तरी बस्तीमा बाख्लो हिउँ जमेको छ ।

896
कारोबार संवाददाता
सोमवार, माघ २९, २०७४

नेपाली सेनाका दुई जवान संरक्षित वन्यजन्तु गैंडाको खाग सहित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सेनामा कार्यरत जवानहरु सिरानचोक गाउँपालिका २ गोरखाका ३३ वर्षीय हरिबहादुर ढकाल र ३८ वर्षीय डिलबहादुर ढकाल तथा त्रियुगा नगरपालिका–९ उदयपुरका २६ वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको हो ।

984
रासस
आइतवार, माघ २८, २०७४

उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा रहेको बताउनुभएको छ । मिडिया नेपाल कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आगामी पाँच वर्षभित्र हरेक घरमा विद्युत् सेवा पु¥याउने लक्ष्यअनुसार सरकारले काम अघि बढाएको जानकारी दिनुभयो ।

1175
मातृका दाहाल
आइतवार, माघ २८, २०७४

चरेस तस्करी अभियोगमा पक्राउ परेका भारतीय नागरिक मस्कुर अहमद लारीको सम्पत्ति छानबिनमा २० वर्षअघि नै विभिन्न पक्षबाट अवरोध आएको प्रहरीले बताएको छ । संगठित अपराधबाट आर्जन गरेको सम्पत्ति होटलको आवरणमा शुद्धिकरण गर्ने गरेको भेटिएपछि २०५५ सालमै नेपाल प्रहरीले लारीको आर्थिक कारोबारमाथी सुक्ष्म अनुसन्धान थालेको थियो ।

1500
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

शनिबार बिहान भएको सवारी दुर्घटनामा सिँचाइ मन्त्रालयका सचिव रमानन्द यादवको मृत्यु भएको छ । दुर्घटनामा यादवका छोरा २५ वर्षका सन्तोष यादव र एक १५ वर्षिया बालिका उन्नति गुप्ता हराइरहेका छन् ।

735
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

मायाको महिना फेब्रुअरीसँगै यो भ्यालेन्टाइन्स् डे सबैले उत्साहमय रूपमा मनाएका छन् । हरेक वर्षझैं यो वर्ष पनि क्लोज अप लभ फेस्टले माया गर्ने जोडीहरूलाई मनोरञ्जन प्रदान गरेको जनायो । नेपालको अग्रणी टुथपेष्ट ब्रान्ड क्लोज अपले भ्यालेन्टाइन्स् डेमा युवा जोडीहरूका लागि विशेष वातावरण बनाउन फेब्रुअरी १० शनिबारको दिन सिभिल मलमा विभिन्न प्रतियोगिता तथा खेलहरू आयोजना ग¥यो जहाँ आएका जोडीहरूले हरेक अवसरलाई जीवनभरका लागि अविस्मरणीय बनाए ।

570
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

कैलालीको मोह्न्याल गाउँपालिकाका केही वडामा जग्गाधनीहरु आफ्नो लालपुर्जा नहुँदा वित्तीय सेवा लिनबाट वञ्चित भएका छन् । २२ हजार जनसंख्या रहेको मोह्न्याल गाउँपालिकामा साविक सुगरखाल गाविसको वडा नं.१, ३, ६ र ७, पण्डौन गाविसको वडा नं. २, ४ र मोह्न्याल गाविसको वडा नं. ५ का बासिन्दा लालपूर्जाविहीन हुँदा वित्तीय सेवा लिनबाट बञ्चित रहेको मोह्न्याल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त ओझाले बताए ।

974
कारोबार संवाददाता
आइतवार, माघ २८, २०७४

डा. गोविन्द केसीले विचाराधिन मुद्दामा चलखेल गर्नसक्ने भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको नियुक्ति नै बदर गर्न माग गरेका छन् । पराजुलीको राजीनामा माग गर्दै यसअघि अनसन नै बसेका केसीले शनिबार पत्रकार सम्मेलन गर्दै आफ्नो पुरानै माग दोहोर्याएका हुन् ।

1052
कारोबार संवाददाता
शनिवार, माघ २७, २०७४

शनिवार विहान भएको दुर्घटनामा सिँचाई मन्त्रालयका सचिव रमानन्द यादवको मृत्यु भएको छ । सो दुर्घटनामा परि यादवका छोरा बर्ष २५ का सन्तोष यादव र एक १५ बर्षिया बालिका उन्नती गुप्ता हराइरहेका छन् भने जिपका चालक निरञ्जन यादव अधिकारी घाइते भएका छन् ।

947
कारोबार संवाददाता
शुक्रवार, माघ २६, २०७४

मानव तस्करीको अभियोगमा चलचित्रकर्मी राजेन्द्र खड्गी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी)ले ५७ वर्षीय खड्गीलाई पक्राउ गरेको हो ।

2185
रासस
बिहिवार, माघ २५, २०७४

जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदारले मेनपावरसँग सोझै आर्थिक कारोबार नगरी स्थानीय ‘एजेण्ट’सँग गर्ने गरेको पाइएको छ । वैदेशिक रोजगारीको क्रममा पीडित भएका र जाने तयारीमा रहेका अधिकांशले आफूले मेनपावरलाई नभई जिल्लाकै एजेण्टलाई पैसा बुझाएको बताएका छन् ।

1115
कारोबार संवाददाता
बिहिवार, माघ २५, २०७४

सरकारले जुम्लाको पातारासी गाउँपालिकालाई आलुको पकेट क्षेत्र घोषणा गरेको छ । अन्य क्षेत्रमा भन्दा पातारासी गाउँपालिकामा पर्ने साविकका चार वटा गाविसले आलु खेतीलाई बढी प्राथमिककता दिने र उत्पादन पनि धेरै गर्ने भएकाले त्यस क्षेत्रलाई आलुको पकेट क्षेत्र मानिएको हो । पातारासी गाउँपालिकाको छुमचौर गाउँका झन्डै ५० घरधुरीले व्यवसायिक खेती गरेर जनही वार्षिक ५ क्विन्टलभन्दा बढी आलु उत्पादन गर्ने गरेका छन् ।

1015