मातृका दाहाल
आइतवार, माघ १४, २०७४

मुलुक संघीय संरचनामा गएसँगै नेपाल प्रहरीको करिब १० प्रतिशत जनशक्ति विशिष्ट व्यक्तिको सुरक्षामा खटाउनुपर्ने भएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखसहित केन्द्र र प्रदेश अन्तर्गतका बहालवाला तथा पूर्व पदाधिकारी र अन्य व्यक्तिको निजीसुरक्षामा ६ हजार ५ सयभन्दा बढी प्रहरी जनशक्ति तैनाथ गर्नुपर्ने देखिएको हो ।

1566
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरलाई भेटी व्यवसायीका समस्या समाधान गर्न ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले बजेट निकासा नहुँदा, भुक्तानी रोकिँदा र निर्माण सामग्रीमा चर्को मूल्यवृद्धि भएका कारण व्यवसायी समस्यामा परेको भन्दै समाधानका लागि मन्त्री बलायरको ध्यानाकर्षण गराएको हो ।

883
कारोबार संवाददाता
शुक्रवार, माघ १२, २०७४

प्रदेश नम्बर ५ को पहिलो प्रादेशिक महोत्सव नेपालगन्जमा सुरु भएको छ । बिहीबार एक भव्य समारोहकाबीच सो महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् ।

961
कारोबार संवाददाता
बिहिवार, माघ ११, २०७४

इलाम नगरपालिका–६ गडीकी मेनुका गुरुङ निरौला अहिले जिल्लाकै चर्चित बेकरी व्यवसायी हुन् । तर उनले आफू यति सफल भइन्छ भनेर सोचेकै थिइनन् । १३ वर्षकोे कलिलो उमेरमा अन्तर्जातीय विवाह गरेकी मेनुका अहिले ५१ वर्षकी भइन् ।

2855
कारोबार संवाददाता
बिहिवार, माघ ११, २०७४

सरकारले भूकम्प तथा बाढीपीडितहरूलाई दिँदै आएको अनुदान रकम बढाउने निर्णय गरेको छ । बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पीडितहरूलाई राहतस्वरुप दिँदै आएको रकम बढाउने निर्णय गरेको हो ।

836
मातृका दाहाल
बिहिवार, माघ ११, २०७४

नेपाल प्रहरीले सात प्रदेश अन्तर्गतका विशिष्ठ व्यक्तिको सुरक्षामा ७ वटै गण स्थापना गर्ने भएको छ । सातवटै प्रदेशका गभर्नर, सभामुख, मुख्यमन्त्री, मन्त्री, सांसद, सचिवलगायत पदाधिकारी तथा अन्य विशिष्ट व्यक्तिको सुरक्षामा हरेक प्रदेश प्रहरी मुख्यालयअन्तर्गत ‘सुरक्षा गण’ स्थापना गर्न लागिएको हो ।

1974
कारोबार संवाददाता
बुधवार, माघ १०, २०७४

दाङको घोराही उपमहानगरपालिका–१८ मसिनाका गणेश वेलवासे कलाकारिता र राजनीतिसँगै अहिले व्यावसायिक गाईपालन सुरु गरेका छन् । गत वैशाखदेखि व्यावसायिक गाईपालनमा लागेका उनले कलाकारिता र राजनीतिलाई पनि सँगै अघि बढाएका छन् ।

978
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

सुन, चाँदी तथा हीराका उत्कृष्ट डिजाईनहरुको बृहत कलेक्सन रहेको जेजे ज्वेलर्स् (एमेरल्ड प्रा. लि.) ले सोमबार वसन्तपुर, न्यूरोडमा आफ्नो शोरुमको उद्घाटन गरेको जनाएको छ ।

874
कारोबार संवाददाता
मंगलबार, माघ ९, २०७४

कोकालोला मोःमोत्सवमा नायिका वर्षा सिवाकोटीले विभिन्न आउटलेटमा गएर उत्सव सेलेब्रेट गरेकी छन् ।

1332
कारोबार संवाददाता
सोमवार, माघ ८, २०७४

किर्लोस्करले अध्ययन र अनुसन्धानपश्चात् भारत, बंगलादेश र नेपालका साना र २ हेक्टरभन्दा कम कृषियोग्य जग्गा भएका कृषकहरूका आवश्यकतालाई मध्यनजर गरेर कृषि यान्त्रीकरण क्षेत्रमा विकास गरी मेघा टी बजारमा ल्याएको छ ।

1967
कारोबार संवाददाता
शुक्रवार, माघ ५, २०७४

कोकाकोला मोः मोत्सव यस वर्ष पनि हुने भएको छ । यस वर्ष पनि उपभोक्ताले बिभिन्न प्रकारको तातोतातो मःमसँग चिसो कोकाकोलाको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ ।

684
कारोबार संवाददाता
बिहिवार, माघ ४, २०७४

स्थानीय तह निर्वाचिनपछि सिंहदरबारबाट पाउने सेवा नागरिकले गाउँबाटै पाउने भनिए पनि स्थानीय तहका विषयगत कर्मचारी कार्यालयमा नजाँदा सेवाग्राहीलाई समस्या भएको छ । कर्मचारीहरू कार्यालय समयमा नजाने, गए पनि हाजिर गरेर सदरमुकाम नै फर्किने गरेका कारण नागकिरले सास्ती बेहोर्नु परेको हो ।

1343
कारोबार संवाददाता
बिहिवार, माघ ४, २०७४

बैठक, गोष्ठी र सभासम्मेलनको कुनै ज्ञान थिएन फेदाप गाउँपालिका– ३ ओयाक्जुङकी मालती जोगीलाई । उनको दिनचर्या घरको धन्दा, मेलापात र दाउराघाँसमै बित्ने गरेको थियो । पछि परेको समुदायमा पनि अझ जोगी समुदायका महिला थिइन् मालती ।

1380
कारोबार संवाददाता
बिहिवार, माघ ४, २०७४

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले अध्ययन तथा ज्ञानको अभावमा पुजी बजारसम्बन्धी मुद्दाहरूलाई अगाडि बढाउने कार्यलाई चुनौतीपूर्णरुपमा लिइने गरेको बताएका छन् । बुधबार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) तथा काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको सहकार्यमा आयोजना भएको अन्तक्रिया कार्यक्रममा बोल्दै जोशीले बाणिज्य सम्बन्धी ऐन नियमहरूमा समेत न्यायाधीसहरू नै स्पष्ट हुन नसकेकोले मुद्दाका दुवै पक्षहरू उपस्थित भएपछि मात्र अगाडि बढाउने गरिएको बताए ।

799
कारोबार संवाददाता
बिहिवार, माघ ४, २०७४

उचित संरक्षण र प्रचारको अभावमा बैतडीमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र पत्ताल भूमेश्वर ओझेलमा पर्दै गएको छ । सुर्नया गाउँपालिका–२ वासुलिङ्गमा अवस्थित यो क्षेत्रमा गुफा, तलाउ र मन्दिर रहेका छन् ।

771