कारोबार संवाददाता
बुधवार, चैत्र १४, २०७४

नयाँवर्ष ०७५ को अवसरमा जिल्लाको पश्चिम बुर्तिबाङमा ढोरपाटन महोत्सवको आयोजना गरिने भएको छ । स्थानीय कला–संस्कृतिको संरक्षण, पर्यटन, कृषि तथा व्यापारको प्रवद्र्धनका लागि भन्दै महोत्वसको आयोजना गरिने भएको हो ।

1085
कारोबार संवाददाता
बुधवार, चैत्र १४, २०७४

परम्परागत पेशा छोडेर श्रीमान् रोजगारीका लागि काठमाडौं गएपछि बा“केकी एक महिलाले श्रीमान्को पेशा धानेकी छन् । श्रीमान्को आरनको पेशा सम्हालेपछि ३३ वर्षियन राधिका बिक फलामका हतियार बनाउने काममा आरनमा आगो फुक्दै फलाम पिट्न व्यस्त देखिन्छन् ।

1103
कारोबार संवाददाता
मंगलबार, चैत्र १३, २०७४

यान्त्रिकीकरण र आधुनिकीकरणको अभावले हिमाली क्षेत्रमा लगानीअनुसार उब्जनी हुन छाडेको छ । खनजोतदेखि मलजलसम्मका विभिन्न पक्षमा आवश्यक ज्ञान तथा साधन नहुँदा पनि यहाँको कृषि क्षेत्र लाभदायी बन्न नसकेको हो । बढी बलौटे माटो रहेको हिमाली क्षेत्रमा न त कुनै आधुनिक औजारको प्रयोग हुन्छ न त कृषिका लागि आधुनिक सीप नै छ । सबै पुरानै शैलीले गर्दा रैथाने बालीहरू विस्थापित हुँदै गएको कृषि विज्ञहरू बताउँछन् ।

1196
कारोबार संवाददाता
मंगलबार, चैत्र १३, २०७४

काभ्रे सरस्र्यूंखर्क अमलटारका गगनबहादुर भण्डारीलाई २०६४ सालतिर छिमेकीसँग तरकारी मागेर छाक टार्ने गरेको घटना अझै पनि ताजै छ । “मेरो त परिवार पनि १२ जनाको थियो, तरकारी यसै पनि धेरै लाग्ने,” उनले भने, “पाहुना त नआए पनि हुन्थ्यो जस्तै लाग्थ्यो, छिमेकीले एउटा बन्दाकोपी दियो भने ३ छाकसम्म पु¥याएर खानुपथ्र्यो ।”

1264
कारोबार संवाददाता
मंगलबार, चैत्र १३, २०७४

बारा जिल्लाको सिमरामा यतिबेला मेला र महोत्सव प्रतिस्पर्धा जस्तै सञ्चालनमा आएका छन् । सहज वातावरण र व्यापारिक संगम सिमरा बनेपछि मेला महोत्सव गर्न आयोजकको चयन र छनोटमा सिमरा पर्दा प्रतिस्पर्धा जस्तै बन्न थालेको हो ।

896
कारोबार संवाददाता
मंगलबार, चैत्र १३, २०७४

कास्कीमा मोटरसाइकल चोरी गर्ने एक गिरोह पक्राउ परेको छ । विभिन्न मिति र समयमा विभिन्न स्थानहरुवाट स्कुटर, मोटरसाइकल चोरी गरी चोरेका सवारी साधनहरुको नम्वर प्लेट एवं स्वरुप परिवर्तन गरी बेचबिखन गर्ने १९ जना समूहको गिरोह नै पक्राउ गरी कास्की प्रहरीले सोमबार पोखरामा सार्वजनिक गरेको हो ।

1589
कारोबार संवाददाता
सोमवार, चैत्र १२, २०७४

अध्ययनका लागि अस्ट्रेलिय जाने विद्यार्थीका लागि २६ वटा विश्वविद्यालय तथा क्याम्पसमा अध्ययनका लागि अंग्रेजी भाषा कक्षाका लागि अन्तर्राष्ट्रिय स्तरको कक्षा सुरु गरिएको छ ।

1454
रासस
सोमवार, चैत्र १२, २०७४

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्राको तयारी तीव्र रुपमा भएको छ । विक्रम संवत्अनुसार सौरमासका आधारमा चल्ने सो जात्रा नववर्षको चार दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी आगामी वैशाख ५ गते रथ तानेर सम्पन्न गरिन्छ ।

1942
कारोबार संवाददाता
आइतवार, चैत्र ११, २०७४

पहिले पहिले घरायसी झगडाले निकै तनाव व्यर्होर्ने गरेकी बाँसगढी नगरपालिका–५ हसनापुरकी रुपनी थारुको दाम्पत्य सम्बन्ध यतिबेला निकै बलियो बनेको छ ।

1271
अमृता राई
आइतवार, चैत्र ११, २०७४

गरिबी निवारण कोष नेपालको साना पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ३ स्थानीय तहमा १८ वटा खानेपानी योजना सम्पन्न भएका छन् । पाँचथरका फाल्गुनन्द, तुम्बेवा र मिक्लाजुङ गाँउपालिकाका विभिन्न वडामा गरिबी निवारण कोषको सहयोगमा खानेपानी योजना सम्पन्न भएका हुन् ।

1159
कारोबार संवाददाता
आइतवार, चैत्र ११, २०७४

द्वापर युगको इतिहास बोकेको धार्मिकस्थल शिवकुटीको संरक्षण र संवद्र्धनका लागि स्थानीय सक्रिय भएका छन् । डडेल्धुराको सदरमुकामनजिकै अमरगढी– ७ पोखरामा रहेको शिवकुटीसँगै रावलतोली गुफा छ । पोखरा बजारनजिकै उग्रतारा माविसँगै जोडिएको शिवकुटी र रावलतोली गुफा संरक्षण तथा प्रवद्र्धन गर्न राजनैतिक दलका अगुवा एवं सरकारी निकायले चासो नदिँदा जीर्ण तथा अस्तित्व नै मेटिने खतरामा पुगेपछि स्थानीय आफैं सक्रिय भएका हुन् ।

1056
कारोबार संवाददाता
आइतवार, चैत्र ११, २०७४

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले १७ वटा कानुन निर्माण गरेको छ । स्थानीय सरकार सञ्चालनका लागि गाउँ कार्यपालिकाले आवश्यक १७ वटा ऐन, नियम, नियमावली पास गरेको हो । गत साउन महिनामा बसेको पहिलो गाउँसभाबाट ७ र फागुनमा बसेको तेस्रो गाउँसभाबाट १० वटा ऐन पास भएको गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले जानकारी दिए ।

1331
मातृका दाहाल
आइतवार, चैत्र ११, २०७४

सरकारले अदालतबाट दोषी ठहरिएका र पुर्पक्षका क्रममा रहेका कैदी-बन्दीको दैनिक भत्ता रकम र रासन बढाउने भएको छ । दैनिक रुपमा दिइँदै आएको ७ सय ग्राम चामल र ४५ रुपैयाँ नगदलाई बढाएर क्रमशः १ केजी चामल र ७५ रुपैयाँ नगद पुर्याउन गृह मन्त्रालयले प्रस्ताव गरेको हो ।

1520
रासस
शुक्रवार, चैत्र ९, २०७४

पोखरी मासिएका कारण दिन प्रतिदिन पानीका मुहान सुक्दै गइरहेको निष्कर्ष निकाल्दै अर्घाखाँचीमा १० घर एक पोखरी अभियान शुरु गरिएको छ ।

1657
कारोबार संवाददाता
शुक्रवार, चैत्र ९, २०७४

जिल्ला कृषि विकास कार्यालय काभ्रेले यो वर्ष पनि अनुदानको मकै बीउ वितरण सुरु गरेको छ । कृषि आपूर्ति व्यवस्थापन समितिको निर्णयअनुसार मकै बीउ वितरण सुरु गरिएको हो । यो वर्ष ३० टन मकैको बीउ वितरण गरिने कार्यालयका बाली विकास अधिकृत थर्क जिसीले जानकारी दिए ।

2389