कारोबार संवाददाता
शुक्रवार, बैशाख २८, २०७५

धादिङको ज्वालामुखी गाउँपालिकाको मैदी ग्रामीण विद्युतीकरण सहकारी संस्थाले ११ हजार भोल्टेजबाटै विद्युत् चोरी भेटिएको छ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय चुहावट नियन्त्रण महाशाखाको टोलीले निरीक्षण गर्नेक्रममा समुदायिक विद्युतीकरणका लागि राखिएको ट्रान्सफर्मरभन्दा अघिको मुख्य वितरण लाइनबाटै प्रत्यक्ष हुकिङ गरी चोरी गरेको भेटिएको हो ।

1188
प्रकाश पाक्साँवा
बिहिवार, बैशाख २७, २०७५

कुनै समय अकबरे खेतीका लागि बिरुवा खोजीमा बजार हाट धाउनु बाध्यता थियो । गाउँमा विवाह, व्रतबन्धजस्ता सामाजिक कामका लागि अकबरे बजारबाट किनेर खानुको विकल्प थिएन छथर क्षेत्रका किसानहरूलाई । धेरै युवा पैसा कमाउन विदेशी भूमिमा पुग्ने गरेका छन । मेहनत र श्रम गरे थोरै जमिनमा धेरै आम्दानी लिन सकिन्छ भन्ने उदाहरण यहाँका कृषकले देखाएका छन् ।

1305
केशव समर्पण
बिहिवार, बैशाख २७, २०७५

हेटौंडामा कुकुरको संख्यामा वृद्धि भएपछि त्यसलाई नियन्त्रण गर्न स्थायी बन्ध्याकरण सुरु गरिएको छ । कुकुरको संख्यामा वृद्धि हुन नदिनका लागि उपमहानगरपालिकाले एक हस्ता लामो शिविर हेटौंडामा सुरु गरेको छ । शिविरमा दुबैलिंगी कुकुरको बन्ध्याकरण गरिने जनाइएको छ ।

1038
कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५

खोटाङको दिप्रुङ–चुईचुम्मा गाउँपालिकाको कार्यालय निर्माणका लागि जग्गा प्राप्त भएको छ । दिप्रुङ–चुईचुम्मा गाउँपालिका–५ स्थित याङसोलाटारमा गाउँपालिका भवन निर्माणका लागि ७ रोपनी ८ आना निःशुल्क जग्गा प्राप्त भएको हो ।

1871
अमृता राई
बुधवार, बैशाख २६, २०७५

वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा रहेका रोल्पाका दिलबहादुर घर्तीले चलाएको गाडीका कारण साउदी नागरिकको मृत्यु भएपछि साउदी अदालतले मृतकका परिवारलाई ब्लड मनी स्वरुप नेपाली ६५ लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेपछि रोल्पामा दिलबहादुर बचाउ अभियान सुरु गरिएको छ ।

902
कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५

नेपालमा अलैंची क्षेत्र विकासमा नीतिगत प्रस्तावबारे सरोकारवालाबीच वृहत अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । ग्रामिण विकास केन्द्र आरडिसीले सोमबार खाँदबारीमा गरेको अन्तक्र्रियामा जिल्लाका ५० भन्दा बढी कृषक र सरोकारवाला सहभागी थिए ।

872
कारोबार संवाददाता
बुधवार, बैशाख २६, २०७५

डोल्पाका विभिन्न पाटनहरुबाट दुईपटक अवैध तरिकाले यार्सागुम्बा चोर्न गएको पाटनबाटै पक्राउ परेकाहरुलाई शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले सामान्य प्रक्रिया पुर्याएर हिरासत मुक्त गरेको छ । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलिगाड डोल्पाले एक पटक ७ र अर्को पटक ४९ गरेर ५६ जनालाई पाटनबाट पक्राउ गरेको थियो ।

1051
कारोबार संवाददाता
मंगलबार, बैशाख २५, २०७५

प्लास्टिक झोलाको सट्टा वैकल्पिक झोला प्रयोग एवं प्रवद्र्धन गर्नु बाहेक अन्य विकल्प नभएको सरोकारवालाले बताएका छन् । प्लास्टिक झोलाको प्रयोगले मानवीय स्वास्थ्यमा असर पु¥याउनुका साथै वातावरणीय प्रदूषण बढाएको भन्दै निषेधका लागि वैकल्पिक झोलाको प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

1328
कारोबार संवाददाता
मंगलबार, बैशाख २५, २०७५

नेपालका मौलिक र रैथाने खाना पकाउने तरिका समेटिएको पुस्तिका र भिडियो सार्वजनिक भएको छ । नेपाल कुजिन क्याम्पेनले तयार पारेको कुकबुक र भिडियो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सोमबार सार्वजनिक गरेका हुन् ।

1628
कारोबार संवाददाता
मंगलबार, बैशाख २५, २०७५

यातायात कार्यालयले यात्रु बोक्न र सवारी भाडामा चलाउनका लागि गाडीलाई कालो नम्बर प्लेट दिए पनि नेपालगन्जमा भने लामो समयदेखि रातो नम्बर प्लेटका निजि गाडीहरु धमाधम भाडामा चलाइने गरिएको छ ।

16074
कारोबार संवाददाता
मंगलबार, बैशाख २५, २०७५

दुर्घटनाको करिब ५० प्रतिशत दुईपांग्रे सवारी साधन मोटरसाइकल तथा स्कुटर नै हुने गरेको तथ्यांकले देखाएको छ । दुर्घटनासँगै मोटरसाइकल तथा स्कुटर चालक बढी कारवाहीमा समेत पर्ने गरेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

1019
विप्लव काफ्ले
सोमवार, बैशाख २४, २०७५

चितवनको कालिका नगरपालिका १० र ११ नम्बर वडामा बसाइँ सुधार गरेका ७५ घरधुरीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको छ । स्थानीय स्रोत, साधनको प्रयोग गर्दै घर आकर्षक बनाएका, सरसफाइमा ध्यान दिएका र आनीबानी सुधार गरेका घरमध्ये उत्कृष्ट घरलाई नगदसहित पुरस्कार दिइएको हो ।

957
कारोबार संवाददाता
सोमवार, बैशाख २४, २०७५

शीतगंगा नगरपालिका–१४ स्थित पावराटारा सिँचाइ योजनाको निर्माणाधीन बाँधस्थल बाढीले बगाएको छ । पावरा गाउँमा सिँचाइका लागि पानी ल्याउन करिब सात किमि टाढा कुलो निर्माण हुँदै थियो । बुधबार राति आएको बाढीले निर्माण गर्दै गरेको बाँध बगाएर लगेको छ ।

875
कारोबार संवाददाता
सोमवार, बैशाख २४, २०७५

डोल्पाका किसान स्याउ खेतीमा आकर्षित हुँदै गएका छन् । आर्थिक वर्ष २०७४-७५ मा डोल्पाका किसानलाई ८३ हजार स्याउका विरुवा वितरण गरिएको छ ।

1301
प्रकाश पाक्साँवा
सोमवार, बैशाख २४, २०७५

मुलुकका धेरै युवा रोजगारीका लागि विभिन्न मुलुक पुग्ने गरेका छन् । हातमा शीप र शिक्षाको अभावले पराइको भूमीमा कयौं युवा कष्टकर जीवन बिताउन बाध्य छन् । तर तेह्रथुमको छथर क्षेत्रका युवा भने पछिल्लो समय गाउँमै व्यावसायिक गाईपालन गरेर दूध उत्पादन गर्दै आत्मनिर्भर बन्न थालेका छन् । विशेषगरी वैदेशिक रोजगारीबाट फर्किएका युवा फर्म दर्ता गरी व्यवसाय सञ्चालन गर्ने होडबाजीमै लागेका छन् ।

913