कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

“लु आजदेखि नपाकुन्जेलसम्म तपार्इंको भयो, तर हाँगाचाहिँ नभाच्नू नि,” उदयपुरको चौदण्डीगढी–५ सुन्दरपुरकी आशावती चौधरी आइतबार दिउँसो घरनजिकैको भरखर चिचिलामात्रै लागेका आँपका रुखको छहारीमा बसेर पैसा गन्दै भनिरहेकी थिइन् । उनलाई पैसा दिने उदयपुरका व्यापारी शंकर साह, “दाना नपाकुन्जेलसम्म तपाईंले हेरिदिनू नि” भन्दै किरा मार्ने विषादी छिट्ने तयारी गर्दै थिए ।

2335
कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

पाल्पाको बगनासकाली गाउँपालिका–८ बराङदीका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले व्यावसायिक अदुवा खेती सुरु गरेका छन् । उनीहरूलाई अध्ययनसँगै व्यवसायी बनाउँदै स्वरोजगार गराउने उद्देश्यले युवा कृषकलाई व्यावसायिक अदुवा खेतीसम्बन्धी तालिमसमेत दिइएको छ ।

1101
कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

जल पर्यटकहरूको आकर्षक गन्तव्यस्थल दोलालघाटमा दोलालघाट महोत्सव सुरु भएको छ । प्राकृतिक, सांस्कृतिक, कृषि र व्यापार, दोलालघाट पर्यटन प्रवद्र्धन विकासको आधार भन्ने नाराका साथ दोलालघाट माहेत्सव सुरु भएको हो ।

1374
कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

स्थानीय स्तरमा उत्पादित माछाको संरक्षण गरी आन्तरिक तथा बाह्यि पर्यटक प्रबद्र्धन गर्ने उद्देश्यले यही चैत २९ गतेदेखि पोखरा लेखनाथ महानगरपालिका ३१, ड्यामसाइड, बेगनासताल किनारामा चौथो संस्करणको फिस फेस्टिबल हुने भएको छ ।

687
कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

अरनिको पूर्व राजमार्गमा १३ वटा यातायात सेवा समितिले यातायात सेवा अवरुद्ध गरेसँगै नयाँ ८ वटा समितिले सवारी चलाउन अनुमति लिएका छन् । अनुमति लिएकामध्ये साझा र मेट्रो यातायातले धुलिखेलसम्म आफ्नो सेवा सुचारु गरेका छन् ।

3079
कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

नयाँ वर्षको अवसरमा चरिकोटमा आगामी चैत ३० गतेदेखि ‘सडक महोत्सव–२०७४’ को आयोजना गरिने भएको छ । नयाँ वर्ष मनाउन चरिकोट आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी चैत ३० गते महोत्सवको आयोजना गर्न लागिएको हो ।

538
कारोबार संवाददाता
आइतवार, चैत्र २५, २०७४

राष्ट्र प्रथम’ नारासहित तीन दिवसीय योङ स्कलर समिट काठमाडौंमा सुरु भएको छ । नीति अनुसन्धान प्रतिष्ठान नेपालको आयोजनामा २६ चैतसम्म हुने समिटमा नेपाल, भारत र चीनमा अध्ययन पूरा गरेर आ—आफ्नो देशको महत्वपूर्ण स्थानमा काम गरिरहेका एक सय युवाहरुको सहभागिता छ ।

958
कारोबार संवाददाता
शुक्रवार, चैत्र २३, २०७४

सर्वोच्च अदालतले बाँदर आतंकका कारण खेतीपातीमा पुगेको क्षतिको क्षतिपूर्ति प्रदान गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । सर्बोच्च अदालतले किसानको पक्षमा आदेश दिएको भन्दै किसानसम्बद्ध संगठनले उक्त आदेशको स्वागत गरेका छन् । साना किसानहरुको छाता संगठन राष्ट्रिय कृषक समूह महासंघले शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गरी सर्वोच्च अदालतको आदेश किसानको पक्षमा भएको भन्दै स्वागत गरेका छन् ।

1600
नीरज पिठाकोटे
शुक्रवार, चैत्र २३, २०७४

प्रदेश नम्बर २ को नीति तथा कार्यक्रममा कृषि, उद्योग र पर्यटनलाई प्रमुख प्राथमिकता दिन सरोकारवालाहरुले सुझाव दिएका छन् । प्रदेश नम्बर २ को आगामी नीति र कार्यक्रम तर्जुमा तथा परिमार्जन सम्बन्धमा बुधबार वीरगन्जमा आयोजना गरिएको सुझाव संकलन कार्यक्रममा सहभागी उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि तथा बुद्धिजीविहरुले कृषिलाई प्राथमिकतामा राख्न सुझाव दिएका हुन् । उनीहरुले विकासको प्रचुर सम्भावना हुँदाहुँदै पनि नेतृत्वको कमजोरीले प्रदेश २ पछि परेको बताए ।

1108
कारोबार संवाददाता
शुक्रवार, चैत्र २३, २०७४

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले कृषिबाटै आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने बताएका छन् । बिहीबारदेखि पोखराको हेमजामा सुरु भएको नवौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७४ को उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्रदेश नम्बर ४ मा पर्यटन, जलविद्युत्का साथमा कृषिको समेत अथाक सम्भावना भएको उल्लेख गर्दै कृषिबाट पनि आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने बताएका हुन् ।

1216
मातृका दाहाल
शुक्रवार, चैत्र २३, २०७४

प्रदेश नम्बर १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले विज्ञहरू सम्मिलित दुईवटा समिति बनाएको छ । प्रदेशको आर्थिक, वित्तीय र राजस्वसम्बन्धी संरचना, करका दरहरू, राजस्वनीति तथा कार्यक्रमलाई मन्त्रालयमा सिफारिस गर्ने गरी राजस्व परामर्श समिति र बजेट सुदृढीकरण कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ ।

1259
कारोबार संवाददाता
बिहिवार, चैत्र २२, २०७४

विदेशमा भनेजस्तो कमाइ नभएपछि नेपाल फर्किएका अर्घाखाँची भूमिकास्थान नगरपालिका ढिकुराका कृष्ण पोख्रेल अहिले च्याउखेतीमा लागेका छन् ।

713
कारोबार संवाददाता
बिहिवार, चैत्र २२, २०७४

कालिञ्चोक गाउँपालिका कार्यालयको कामकाज ३ दिनदेखि ठप्प भएको छ । विकास निर्माणको रकम माग गर्दै कालिञ्चोक गाउँपालिका–७ र ८ सुनखानीका स्थानीय उपभोक्ताले कार्यालयमा तालाबन्दी गरेपछि कामकाजसमेत ठप्प भएको छ ।

866
कारोबार संवाददाता
बिहिवार, चैत्र २२, २०७४

हुम्लाका विपन्न महिला व्यवसाय गर्दै आर्थिक सुधारमा लागेका छन् । आफूसँग रकम नहुँदा केही गर्न नसकिरहेका महिलालाई सामुदायिक विकास कार्यक्रम हुम्लाले गाउँघरमा केही व्यवसाय र रोजगारीको काम गर्न सकून् र आर्थिकस्तर वृद्धि होस् भनी बीउपुँजी वितरण गर्दा महिलालाई सहज भएको हो ।

1165
कारोबार संवाददाता
बिहिवार, चैत्र २२, २०७४

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ को कार्यालय भवनको बुधबार उद्घाटन गरिएको छ ।

890