कारोबार संवाददाता
बिहिवार, चैत्र ८, २०७४

आगामी चैत १६ देखि २५ गतेसम्म सञ्चालन हुन गइरहेको तेस्रो गुल्मी महोत्सवको तयारी तीव्र गतिमा अगाडि बढाइएको छ । महोत्सवलाई आकर्षक तथा प्रभावकारी बनाउनका लागि गठित उपसमितिहरुले बिभिन्न गतिबिधीहरु बढाउन थालेका हुन् ।

1037
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

जुम्लाका ग्रामीण बस्तीमा पछिल्लो समय छुईगोठ मुक्त हुन थालेका छन् । जनचेतनासँगै स्थानीयको व्यवहारमा आएको परिवर्तनका कारण छुईगोठमुक्त गाउँ हुने क्रम बढ्दो छ । गाउँमा रहेका महिला सहकारी तथा गैरसरकारी निकायले दिएको चेतनाले छुई प्रथा एक प्राकृतिक प्रक्रिया हो भन्ने कुरो सजिलै रूपमा ग्रामीण महिलाले बुझेकोले छुईगोठमुक्त अभियानमा सहयोग मिलेको सर्वोदय नेपालका जिल्ला संयोजक कमलराज खत्रीले बताए ।

881
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

गृह मन्त्रालयले पूर्पक्षका लागि कारागार पठाइएका अभियुक्तलाई बयान र पेशीका क्रममा अदालतमा उपस्थित हुने व्यवस्था हटाउने भएको छ । मुद्दाको किनारा नलागेसम्म पूर्पक्षका लागि जेल चलान गरिएका आरोपितलाई अदालत पुर्याउन असहज हुने भन्दै गारागार व्यवस्थापन विभागले जेलभित्रैबाट भिडियो कन्फरेन्स कलको व्यवस्था गर्न लागेको हो ।

764
मातृका दाहाल
बुधवार, चैत्र ७, २०७४

नेपाली सेनाका देशभरका ब्यारेक तथा कार्यालय नक्सापासबिनै बनाएको पाइएको छ । भवन निर्माणसम्बन्धी बनेका नियम, निर्देशिका र आचारसंहिताको पालना नगरी सेनाले करिब १० हजार ब्यारेक तथा कार्यालय बनाएको हो । भद्रकालीस्थित सैनिक मुख्यालय परिसरभित्रका संरचना पनि नक्सापास नगरी बनाइएको छ ।

1911
कारोबार संवाददाता
बुधवार, चैत्र ७, २०७४

हिमाली क्षेत्रमा पाइने जंगली काठबाट बनाइने भाडा फुरु (कचौरा)को माग तिब्बतमा निकै बढेको छ । चीनमा काठको भाडाको माग उच्च रहेको कारणले माग बढेको हो । तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडालाई फुरु भनिन्छ ।

1444
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

जिल्लाकै दुर्गम क्षेत्र मानिने मैनामैनी माझगाउ“की भक्तकुमारी सार्कीको दैनिकी परिवर्तन भएको छ । दुई वर्ष अघिसम्म दुई रुपैयाँ कमाइ नहुँदा गाउ“ डुलेर दिन बिताउने सार्की अहिले व्यापारी भएकी छन् । दुई वर्ष अघिसम्म दुई रुपैयाँ नहुने सार्की अहिले एक दिनमै दुई हजारसम्म कमाउने भएपछि उनको दैनिकी बदलिएको हो ।

1183
अमृता राई
मंगलबार, चैत्र ६, २०७४

जापानी नागरिक हरुताका सकाईको पहलमा सोलुदूधकुण्ड नगरपालिका–२ जुनवेशी माविको ९ कोठे विद्यालय भवन निर्माण गरिएको छ । भूकम्पप्रतिरोधात्मक विद्यालय भवनको आइतबार उद्घाटन गरिएको छ । २०७२ सालमा भूकम्पले विद्यालय भवन भत्किएपछि अस्थायी टहरामा पठनपाठन गरिँदै आएको भवनमा जापानको क्विटो युनिभर्सिटीले सहयोग संकलन गरी निर्माण गरिदिएको ।

776
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

नेपाल खाद्य संस्थानले कृषकबाट धान खरिद गर्न नसक्दा यस वर्ष मिल सञ्चालनमा समस्या हुने भएको छ । राजापुर क्षेत्रमा उत्पादन हुने मकवानपुर जातको धानको मूल्य नै निर्धारण नगरेका कारण धान खरिद गर्न नसकेपछि मिल सञ्चालनमा समस्या हुने भएको हो । मुलुककै अन्न भण्डार मानिने बर्दियाको राजापुर क्षेत्रमा ८० प्रतिशत मकवानपुर जातको धान उत्पादन हुन्छ ।

1779
कारोबार संवाददाता
मंगलबार, चैत्र ६, २०७४

विनासकारी भूकम्पपछि १७ जिल्लामा थालिएको कारागार पुनःनिर्माण तथा मर्मत बजेट हुँदाहुँदै पनि सुस्त बनेको छ । काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सर्लाही, मनाङ, डोल्पा, पाल्पा, हुम्ला, जुम्लालगायत १७ जिल्लामा व्यवस्थित पूर्वाधारसहित २०७२ वैशाख १२ गतेको विनासकारी भूकम्पपछि थालेको कारागार मर्मत तथा निर्माण कार्य कर्मचारी र ठेकेदारको ढिलासुस्तीका कारण समयमै अघि बढ्न नसकेको हो ।

2338
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

बर्दिया पानाबासका चुलुवा थारु ६ महिनादेखि दोलखाको मैनापोखरी क्षेत्रमा घर बनाउन सक्रिय छन् । ६ महिना यता उनले वैतेश्वर गाउँपालिकाका विभिन्न ठाउँमा १० भन्दा बढी ढलेका घर ठड्याउन लागे ।

1860
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

पाल्पाको पूर्वी भेगमा परम्परादेखि खोरिया फाडेर आफ्नो जीविकोपार्जन गर्दै आएकाहरूको जीवनस्तर अहिले अम्रिसोले उकासिदिएको छ ।

827
कारोबार संवाददाता
सोमवार, चैत्र ५, २०७४

कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भई फरार रहेका प्रदेश सभा सांसद दीपक मनाङ्गे भनिने राजीव गुरुङ विरुद्ध इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले शुक्रबार मनांगेविरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो ।

1000
कारोबार संवाददाता
आइतवार, चैत्र ४, २०७४

स्याङ्का किसानले एक सहकारीमार्फत् गाईपालन सुरु गरेका छन् । भीरकोट नगरपालिका–१ वयरघारीमा सञ्चालित शुभलक्ष्मी बचत तथा ऋण सहकारीमार्फत स्थानीय कृषकले गाईपालन गरेका हुन् ।

1822
कारोबार संवाददाता
आइतवार, चैत्र ४, २०७४

घोडेजात्राका अवसरमा शनिबार नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरेका थिए । घोडेजात्रा काठमाडौँ उपत्यकामा मात्र मनाइन्छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा देखाइन्छ ।

1059
कारोबार संवाददाता
शुक्रवार, चैत्र २, २०७४

एक सय रुपैयाँ लगानी गरेर कसैले आठ हजार रुपैयाँ बनायो भनेको सुन्दा आश्चर्य लाग्न सक्छ । तर, तेह्रथुमको मेयङलुङ नगरपालिका–८ आम्बुङका प्रेम शंकरले सय रुपैयाँ लगानी गरेर ८ हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । शंकरले प्रतिकिलो एक सय रुपैयाँमा फलाम किनेर खुकुरी बनाउँदै बिक्री गरेर ८ हजार रुपैयाँसम्म आम्दानी गर्ने गर्छन् ।

1432