कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन तथा जनस्तरको सम्बन्ध विकासलाई उच्च प्राथमिकतामा राखेको छ ।

829
कारोबार संवाददाता
आइतवार, बैशाख ९, २०७५

विराटनगरका प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयलले झापाका ५ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेका छन् ।

891
घनश्याम पौडेल
आइतवार, बैशाख ९, २०७५

राज्यले नागरिकमा सहज कानुनको पहुँच पुर्याउन भन्दै निःशुल्क रुपमा कानुनी सहायता उपलब्ध गराइरहेको छ । तर राज्यले गरेको यस्तो व्यवस्था प्रभावकारी नहुँदा ग्रामीण क्षेत्रका नागरिक अझै पनि कानुनको पहुँचबाट बाहिर छन् । कानुन हुने खानेका लागि मात्र भएको भन्दै ग्रामिण भेगका कतिपय मुद्दाहरु अदालत सम्म आउन नसक्दा पिडितले न्याय पाउन सकेका छैनन् ।

793
दीननाथ बराल
आइतवार, बैशाख ९, २०७५

आठौं पोखरा महोत्सवबाट १ करोड २४ लाख ८ हजार ७ सय ५० रुपैयाँ आम्दानी भएको छ । गत पुसको अन्तिम साता पोखराको अमरसिंह चौरमा सञ्चालन भएको आठौं पोखरा महोत्सवबाट उक्त रकम आम्दानी भएको आयोजक युनाइटेड क्लवले जनाएको छ। महोत्सवबाट ३८ लाख ६९ हजार ७ सय ४९ रुपैयाँ बचत भएको क्लवका कोषाध्यक्ष गणेश तिमिल्सिनाले बताए ।

832
कारोबार संवाददाता
शुक्रवार, बैशाख ७, २०७५

रुपन्देहीको ओमसतिया गाउँपालिका–६ की १५ वर्षीय किशोरीको हत्यामा संलग्न अभियुक्तलाई रुपन्देही प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । वैशाख ३ गते राति घरबाट निस्किएकी हरिजन थरकी किशोरी ४ गते विहान घर नजिकैको खेतमा मृत अबस्थामा भेटिएकी थिइन् ।

1019
रासस
शुक्रवार, बैशाख ७, २०७५

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् आज बिहान २ः१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढेंगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

1001
कारोबार संवाददाता
शुक्रवार, बैशाख ७, २०७५

गैरकानुनी नेटवर्किङ व्यवसायबाट सर्वसाधारण ठग्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले आइबोस ग्लोबल मार्केटिङ प्रालीको नामबाट अबैध नेटवर्किङ धन्दा सञ्चालन गर्ने गिरोहलाई व्यूरोले काठमाडौंको चावहिलबाट पक्राउ गरेको हो ।

1290
मातृका दाहाल
बिहिवार, बैशाख ६, २०७५

यातायात व्यवसायीले सवारी हड्ताल गरे सरकारले वैकल्पिक व्यवस्थास्वरुप यातायात सुचारु गर्न सुरक्षा निकायका चालकलाई तयारी हालतमा राखेको छ । गृह मन्त्रालयको निर्देशनपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)ले मातहत युनिट अन्तर्गतका सबै रिजर्भ सवारी चालकहरूलाई निजी सवारी चलाउनेगरी तयारी हालतमा राखेको हो ।

3535
कारोबार संवाददाता
बिहिवार, बैशाख ६, २०७५

मकवानपुरको राक्सिराङ गाउँपालिका–६ स्थित सिदामखोलाको पानी प्रयोग गरी पेल्ट्रिक सेटबाट विद्युत् उत्पादन गरिएको छ ।

951
कारोबार संवाददाता
बिहिवार, बैशाख ६, २०७५

आफ्नो लोक सांस्कृतिक परम्परा बोकेको पञ्चेबाजा लोप हुन लागेपछि रामेछापका दलित युवा संरक्षणमा जुटेका छन् । विदेशी बाजा, गीत, नृत्य र पश्चिमेली शैली भित्रिँदै गएपछि र उनीहरू आफ्नो मौलिक बाजाका रूपमा रहेको पञ्चेबाजा जगेर्ना गर्न संगठित रूपमा जुटेका हुन् । मन्थली नगरपालिकाको आर्थिक सहयोगमा पञ्चेबाजाका लागि आवश्यक सामग्री खरिद गरी नयाँ वर्षको सुरुवातसँगै उनीहरूले लोप हुँदै जान लागेको पञ्चेबाजा संरक्षण गर्न लागिपरेका हुन् ।

1906
सागर परियार
बिहिवार, बैशाख ६, २०७५

जुनसुकै मुलुकमा द्वन्द्वपछि पनि संक्रमण देखिन्छ । द्वन्द्वअवधिका पीडादायक घटनाको व्यवस्थापनमा राज्यले वेवास्ता गर्दा जुम्ली महिलाहरू पीडित बनेका छन् । यस्तै पीडा जुम्लाका महिलाले पनि खेपिरहेका छन् । द्धन्द्धपछि बनेका कुनै पनि सरकारले जुम्लाका महिला भने न्याय पाउन सकेका छैनन् ।

802
कारोबार संवाददाता
बुधवार, बैशाख ५, २०७५

नेपालकै लोपोन्मुख कुसुण्डा जातिका राजामामाको निधन भएको छ । व्यास नगरपालिका वडा नम्बर १० डिहीगाउँमा बस्दै आएका राजामामाको बुधबार बिहान ७५ वर्षको उमेरमा निधन भएको हो । कुसुण्डा जातिको भाषा बोल्न जान्ने राजामामा एक मात्र व्यक्ति थिए ।

2439
कारोबार संवाददाता
बुधवार, बैशाख ५, २०७५

नेपालस्थित बोस्निया र हर्जेगोभिनाको माननीय कन्सुलेटले बोस्निया र हर्जेगोभिनाको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा झल्काउँदै दक्षिण पूर्वी युरोपको मुटुमा अवस्थित सो राष्ट्रको पर्यटन प्रचारको उद्देश्यले तस्बिरहरूको एक विशेष प्रदर्शनी आयोजना गरेको छ ।

873
कारोबार संवाददाता
बुधवार, बैशाख ५, २०७५

पुख्र्याैली पेसाको रूपमा रहँदै आएको बालीघरे प्रथा पछिल्लो समय हट्न थालेको छ । विशेषगरी जिल्लाको ग्रामीण भेगमा बालीघरे प्रचलन रहँदै आए पनि समयअनुसार हट्दै गएको २० वर्षदेखि बाली लिँदै आएका छथर गाउँपालिका–२ का गजेन्द्र विकले बताए ।

792
कारोबार संवाददाता
बुधवार, बैशाख ५, २०७५

गहुँ वैज्ञानिक मदनराज भट्ट रुद्र गौरी अम्बिका ओली प्रतिष्ठान राष्ट्रिय पुरस्कारले पुरस्कृत भएका छन् । लामो समय गहुँको बीउ विकासमा लाग्दै आएका भट्टलाई मंगलबार १ लाख १ हजार १ सय ११ रुपैयाँ र कदरपत्रसहित सम्मान गरिएको हो ।

749