कारोबार संवाददाता
आइतवार, फाल्गुन २७, २०७४

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० न्याम्सेदुङका १४ परिवार करिब तीन वर्षदेखि रातमा राम्ररी निदाउन सकेका छैनन् । गत २०७२ साल बैशाखमा गएको भूकम्पपछि चिराचिरा परेको बस्तीमा माथिबाट डाँडो नै खसेर जतिबेला पनि पुर्न सक्ने भय बोकेर उनीहरू जोखिमपूर्ण जीवन बाँचिरहेका छन् ।

791
कारोबार संवाददाता
आइतवार, फाल्गुन २७, २०७४

नेपाली सेनाले ९० वर्षभन्दा माथिका अवकासप्राप्त सैनिकलाई विशेष भत्ता उपलव्ध गराउने भएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार ९० देखि ९९ वर्ष उमेरका भूपू सैनिकलाई जनही ३ हजार र १०० वर्षमाथिकालाई मासिक १० हजार भत्तासहित विशेष सम्मानको व्यवस्था गर्न लागेको हो । पूर्वी पृतना मूख्यालय अन्तर्गतका २३ गतदेखि जारी भूपू सैनिक सम्मेलनका क्रममा सेनाले यो कार्यक्रम सार्वजनिक गरेको हो । यो विशेष प्याकेज सैनिक कल्याणकारी कोषको बजेटबाट सञ्चालन गरिने छ ।

664
कारोबार संवाददाता
आइतवार, फाल्गुन २७, २०७४

राप्ती सोनारी गाउँपालिकाका एक युवाले धान कुट्ने ‘मोबाइल मिल’ सञ्चालन गररे स्थानीयलाई घरघरै सेवा दिएका छन् । बिजुलीको अभावले गर्दा धान कुट्ने मिल नहुँदा सर्वसाधारणलाई सास्ती भइरहेको बेला स्थानीय धर्मसिंह थारुले ट्र्याक्टरमा धान कुट्ने मिल जोडेर त्यस क्षेत्रमा राहत दिएका हुन् । धान कुटाउन आवश्यक परे फोन गरे पुग्छ ।

1025
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

इलाममा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) को भवन निर्माण भएको आठ वर्ष बितिसक्दा समेत अझै सञ्चालनमा आउन सकेको छैन । भवनमा आवश्यक सामग्री जडान भइसके पनि कर्मचारीलाई दिने पारिश्रमिक अभावका कारण ब्लड बैंक प्रयोगमा आउन नसकेको हो । नेपाल रेडक्रस सोसाइटी इलाम शाखाको पहलमा सो ब्लड बैंकको भवन निर्माण भएको थियो ।

1292
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २५, २०७४

१०८ औं अन्तर्राष्ट्रिय महिला दिवस बिहीबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । यसै अवसरमा महिला, बालबलिका तथा समाज कल्याण मन्त्राललयले आयोजना गरेको प्रभातफेरी कार्यक्रममा गैरआवासीय नेपाली संघ महिला फोरमले सहभागीता जनाएको छ । भृकुटीमण्डपबाट सुरु भएको र्याली भद्रकाली मन्दिर, सहिदगेट, न्यूरोड हुँदै रत्नपार्कस्थित शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो ।

1753
कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

पछिल्लो समय अर्घाखाँचीका कृषक उन्नत जातका गोलभेंडा खेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लागतमा बढी उत्पादन हुने र बजारको अभाव पनि नरहेकाले किसानहरु गोलभेंडा खेतीतर्फ आकर्षित भएका हुन् । अन्य बाली या तरकारीभन्दा मेहनत धेरै लागे पनि गोलभेंडाबाट उत्पादन र आम्दानीसमेत बढी हुने भएकाले जिल्लाका कृषकहरु यसतर्फ लागेका हुन् ।

766
कारोबार संवाददाता
बुधवार, फाल्गुन २३, २०७४

पछिल्लो समयमा आएर बाँके र बर्दियाका व्यवसायीहरूको सयर बजारप्रति आकर्षण बढेको पाइएको छ । स्टक एक्सचेन्जका दुइटा ब्रोकर कम्पनी गत वैशाख यता नेपालगन्जमा आएपछि सेयर बजारप्रति व्यवसायीको आकर्षण बढेको हो ।

984
रासस
बुधवार, फाल्गुन २३, २०७४

सहरका भित्रि भागमा सञ्चालन गरिएका मासु पसल फोहोर ठाउँमा रहेको पाइएको छ । जिल्ला पशु सेवा कार्यालयको आयोजनामा सरोकारवाला निकायका प्रतिनिधिले एक सातासम्म गरेको अनुगमनका क्रममा मासु पसलले सफाइमा बेवास्ता गरेको पाइएको हो । बधस्थल र मासु पसल फरक–फरक ठाउँमा हुनुपर्ने व्यवस्था भए पनि धेरै सञ्चालकले एकै ठाउँमा राखेको पाइएको कार्यालयका प्रमुख मोगल साहले बताए ।

1148
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

तत्कालीन नेकपा माओवादीकी एक पूर्वमहिला कमान्डर व्यावसायिक गाईपालनबाटै मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेकी छन् । राज्य र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतापछि सेना समायोजन नरोजी स्वेच्छिक अवकाश लिएर फर्किएकी पाल्पाको तानसेन–१३ की पवित्रा गैरेले गाईपालनबाटै ठूलो रकम आर्जन गर्न सफल भएकी हुन् ।

1004
कारोबार संवाददाता
मंगलबार, फाल्गुन २२, २०७४

शीतगंगा नगरपालिकाका–१४ वडाबाट करिब १० हजार युवा रोजगारीका लागि ३२ देशमा पुगेका छन् । उनीहरू सामाजिक सञ्जालमार्फत संगठित भई शीतगंगा सेवा समाज गठन गरी सामाजिक कार्यमा सक्रिय छन् । सबैले मासिक तलब काटेर रकम रकम उठाइ संकलन भएको रकमले विकास निर्माणका काम सुरु गरेका छन् ।

676
मीनकुमार नवोदित
सोमवार, फाल्गुन २१, २०७४

विराटनगर महानगरपालिकाले क्लिन विराटनगर योजनासहित अभियान सञ्चालन गरेको छ । विराटनगरको बी प्लटमा आइतबार एक कार्यक्रमको आयोजना गरेर प्रमुख भीम पराजुलीले अभियानको शुभारम्भ गरेका हुन् ।

734
कारोबार संवाददाता
सोमवार, फाल्गुन २१, २०७४

नेपाल खाद्य संस्थान जुम्लाले अनुदानमा बिक्री वितरण गर्दै आएको चामल घरेलु मदिरा उत्पादनमा प्रयोग हुने गरेको छ । संस्थानले अनुदानमा बिक्री वितरण गर्दै आएको मोटो चामल स्वादिलो नहुने र घरेलु मदिरा उत्पादनका लागि उपयुक्त हुने उपभोक्ता बताउँछन् । सोही कारण उपभोक्ताहरूले संस्थानबाट अनुदानमा चामल खरिद गरी मदिरा बनाउन प्रयोग गर्ने गरेका छन् ।

1513
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

युवाहरू रोजगारीको खोजीमा बिदेसिने क्रम बढ्दो छ । आफ्नै देशमा श्रम र मेहनत गर्ने युवा थोरै संख्यामा छन् । तर, पछिल्लो समय तेह्रथुमका युवा व्यावसायिक पशुपालन गरी दूध बिक्रीतर्फ आकर्षित हुन थालेका छन् ।

1176
कारोबार संवाददाता
आइतवार, फाल्गुन २०, २०७४

तनहुँको म्याग्दे गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाइने भएको छ । आलुमा आत्मनिर्भर बनाउन गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरेको छ ।

636
कारोबार संवाददाता
शुक्रवार, फाल्गुन १८, २०७४

पछिल्लो समय सरकारी विद्यालयमा आधारभूत शिक्षाको मोह बढ्दै गएको छ । अहिले चलेको भर्ना अभियानका क्रममा सरकारी विद्यालयले अंग्रेजी शिक्षालाई बढी प्राथमिकता दिँदै प्रचार गरिरहेका छन् । प्रायः अंग्रेजी माध्यममा निजी विद्यालयले मात्रै पढाउने गरेका छन् ।

1324