सागर परियार
बिहिवार, मंसिर २६, २०७६

जुम्लाका विपन्न दलित तथा जनजातिलाई अनुदानमा वितरण गर्नुपर्ने सौर्य बत्ती जनप्रतिनिधिकै मिलेमतोमा ३३ लाख रकम असुलेर बेचिएको पाइएको छ । कर्णाली उज्यालो कार्यक्रमअन्तर्गत विपन्न दलित तथा जनजातिलाई पूर्ण अनुदानमा बाँड्नुपर्ने सोलार सेट चर्को रकम असुलेर बिक्री गरिएको छ । अनुदानका सोलारमा ठगी भएको कुरा बाहिरिएसँगै जुम्लामा दलित समुदाय एकजुट भएर रकम असुलीसँगै कारवाहीको माग गर्दै ठाउँठाउँमा धाइरहेका छन् ।

104
कारोबार संवाददाता
बिहिवार, मंसिर २६, २०७६

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट २ जना महिलाको मृत्यु भएको छ ।

151
कारोबार संवाददाता
बुधवार, मंसिर २५, २०७६

नेपाल समाचार केन्द्र प्रालिले नेपालको पत्रकारिताको विकासमा चार दशकदेखि पु¥याएको विशिष्ट योगदानको कदरस्वरुप पत्रकार ध्रुवहरि अधिकारीलार्ई ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।

215
कारोबार संवाददाता
मंगलबार, मंसिर २४, २०७६

इलाम सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित एक होमस्टेमा सोमबार दिउँसो आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा २६ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । सूर्योदय नगरपालिका–५ अन्तुका मानवीर तामाङले सञ्चालन गरेको होमस्टेमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।

225
लक्ष्मण ढुंगाना
मंगलबार, मंसिर २४, २०७६

आइतबार बिहान साढे नौ बजे । सधैझैं छोरी प्रकृति चन्दलाई बुवा नगेन्द्रहादुर चन्द स्कुटीमा स्कुल पु¥याउन जाँदै थिए । उनी पढ्ने विद्यालय त्रिभुवन नमुना मावि कोहलपुर नजिकै पुग्न थोरैमात्र बाँकी थियो । अगाडि गइरहेको बयलगाडालाई ओभरटेक गर्न खोज्दा ठोक्किएर बाबुछोरी उछिट्टिन पुगे ।

286
कारोबार संवाददाता
सोमवार, मंसिर २३, २०७६

७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा ११ औं मानव अधिकार राष्ट्रिय महाभेला २०१९ को अवसरमा ३ जनालाई सम्मान गरिएको छ । आइतबारबाट सुरु भएको मानव अधिकार राष्ट्रिय महाभेलाको अवसरमा प्रा. डा. मथुरा श्रेष्ठ, गंगा कसजु र डा. गौरीशंकर लाललाई मानव अधिकार पुरस्कारबाट सम्मान गरिएको हो । श्रेष्ठलाई पद्यमरत्न तुलाधर राष्ट्रिय मानव अधिकार तथा शाक्ति पुरस्कारबाट सम्मान गरिएको हो । श्रेष्ठलाई जेष्ठ नागरिकको अधिकारका सम्बन्धमा लामो समयदेखि आवाज उठाउँदै आएको जनाउँदै सम्मान गरिएको हो । सम्मानसँगै उनलाई ५० हजार रुपैयाँ र कदरपत्र पनि प्रदान गरिएको छ ।

234
कारोबार संवाददाता
सोमवार, मंसिर २३, २०७६

प्रहरी प्रधान कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारीले एक कार्यक्रमका बीच चन्द्रनिगाहपुरमा सार्वजनिक सवारी साधनमा स्टीकर टाँस गरेर शुभारम्भ गरेका छन् ।

261
कारोबार संवाददाता
सोमवार, मंसिर २३, २०७६

कोहलपुरमा एक बालिकालाई ट्रकले ठक्कर दिएपछि भएको आन्दोलनले उग्ररूप लिएको छ । आन्दोलनकारीले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरभित्र रहेको चमेनागृहमा आगजनी गरेपछि निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रहरी कार्यालय तोडफोड हुन थालेपछि प्रहरीले इलाका प्रहरी कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

246
कारोबार संवाददाता
सोमवार, मंसिर २३, २०७६

पशु कल्याण संघ नेपालले ‘रक्तपातरहित गढीमाई’ अभियान सफल हुन नसकेकोमा चिन्ता व्यक्त गरेको छ । संघले ‘रक्तपातरहित गढीमाईः बली अन्धविश्वासको गरौँ न कि निर्दोष पशुहरुको’ भन्ने मूल अभियानसहित तराईका जिल्लामा अभियान सञ्चालन गरेको थियो । प्रदेश नं. २ मा बारा, पर्सा र रौतहट जिल्लाका साथै नेपाल भारत सीमा क्षेत्रमा संघीय सरकार र सरोकारवाला निकायहरुसँगको निकट सहकार्यमा पशुबली निरुत्साहन गर्ने उद्देश्य साथ विभिन्न कार्यक्रमहरु सञ्चालन गरे पनि सफल हुन नसकेको संघले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो ।

200
कारोबार संवाददाता
सोमवार, मंसिर २३, २०७६

राप्ती नगरपालिका–५ मा शनिबार साँझ भएको अटो दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका पिपलटारी स्थायी ठेगाना भई हाल पूर्वी चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी नगरपालिका–९ का ४२ वर्षीय विश्वमणी भण्डारी र राप्ती नगरपालिका–९ की २५ वर्षीया मीना खड्का रहेका छन् ।

257
कारोबार संवाददाता
आइतवार, मंसिर २२, २०७६

प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । नेपाल प्रहरीको शुक्रबारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालय कानून शाखाका एसपी जनार्दन जिसीलाई स्याङ्जा र स्याङ्जाका राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

304
मेगराज खड्का
आइतवार, मंसिर २२, २०७६

कारागार कार्यालय रुकुम पश्चिममा क्षमताभन्दा पाँच गुणा कैदीबन्दीहरू रहेको पाइएको छ । २० पुरुष र ५ जना महिला गरी जम्मा २५ जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल १ सय १२ कैदीबन्दी र एक नाबालक छन् । जसमा १ सय ६ पुरुष र ६ जना महिला रहेको जिल्ला कारागार शाखा रुकुम पश्चिमका निमित्त प्रमुख गौमला पुनले जानकारी दिइन् ।

294
रासस
शुक्रवार, मंसिर २०, २०७६

पाल्पाको तिनाउ गाउँपालिका – ५ चौबीस माइलमा बिहीबार बिहान भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

263
सागर परियार
बुधवार, मंसिर १८, २०७६

जुम्लामा अनुदानका सोलार बिक्री प्रकरणले यतिबेला चर्चा पाएको छ । उर्जा प्रर्वद्धन केन्द्रले जुम्लाका लागि अनुदानमा पठाएको दुई हजार २ सय १ थान सोलार व्यापारी मिनबहादुर मल्लले प्रतिसोलार १३ सयमा बिक्री गरी ३३ लाख ठगी गरेको घटना बाहिरीएपछि पैसा फिर्ता गराउन दलित अगुवा तथा चन्दननाथ नगरपालिकाको न्यायिक समिति लागि परेको छ । सोही अनुसार नगरपालिकामा वितरण गरेको एक हजार सोलारका १५ लाखमध्ये ७ लाख ४० हजार र गुठिचौर ५ को २ लाख ७१ हजार रुपैयाँ मात्रै फिर्ता भएको छ ।

423
कारोबार संवाददाता
बुधवार, मंसिर १८, २०७६

गुल्मीबाट बागलुङको निसिखोलाको लागि छुटेको जीप बागलुङ बडीगाड– ७ को कोप्चेमा मंगलबार दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमध्ये दश जनाको पहिचान भएको छ भने चार जनाको अझै पहिचान खुल्न सकेको छैन ।

353