कारोबार संवाददाता
सोमवार, जेठ १४, २०७५
661

जिल्लाका जन प्रतिनिधि पानी ल्याउन समेत भारत जाने गरेका छन् । स्थानिय स्तरमा विकास गर्दछौ र स्थानिय स्तरमा रहेका समस्या समाधान गर्द छौ भन्ने जन प्रतिनिधि समेत पानी ल्याउन भारत जाने गरेका छन् ।
गढवा गाँऊपालिका वडा न ८ (कोइलावास) का वडा अध्यक्ष सद्धाम सिद्धीकी पानी ल्याउन भारत जाने गरेका हुन् । कोइलावासमा खानेपानीको समस्या रहेकाले पानी ल्याउन भारत जाने गरेको बताए । उनी दैनिक साँझ विहान खानेपानी ल्याउनकालागि भारतमा जाने गरेको बताए । ‘खाने पानीको समस्या भएकाले म आफै भारतमा गएर पानी ल्याउने गरेको छु’ सिद्धीकीले भने। जल स्रोतको धनी देशमा पनि खानेपानी ल्याउनका लागि भारत जानु पर्ने वाध्यता रहेको अध्यक्ष सिद्धीको भनाइ रहेको छ ।

कोइलावास रहेका सवै नागरीकहरु खानेपानीको लागि हिउदको समयमा भारतमा भर पर्नु पर्ने वाध्यता रहेको छ । अहिले कोइलावासमा रहेको कुँवा तथा खोला समेत सुकेको कोइलावास भन्सारका प्रमुख ओमप्रकास केसीले बताए।
डिप वोरीङ निर्माण गरीदै
खानेपानी समस्या समाधानका लागि कोइलावासमा डिप वोरिङ स्थापना गरीने भएको छ । त्यसका लागि कार्य समेत अगाडि वढी सकेको वडा नं ८ का अध्यक्ष सिद्धीकीले बताए । ‘अहिले सर्भेको काम सकिएको छ केही दिनमा निर्माण कम्पनी संग सम्भौता हुने छ’ अध्यक्ष सिद्धीकीले भने । वोरिङ निर्माणका लागि ५० लाख रुपैयामा निर्माणका लागि सम्भौता गरीने अध्यक्ष सिद्धीकीले बताए । वोरिङ १ सय ५० देखि १ सय ९० मिटर खनिने छ ।