कारोबार संवाददाता
सोमवार, जेठ १४, २०७५
763

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा उत्पादित तरकारीले बजार नपाएँदा किसान चिन्तित भएका छन् । गाउँपालिकाको वडा नं. ३ खिदिमका किसानले गरेको व्यावसायिक तरकारी खेतीले बजार पाउन नसकेको हो । गाउँमा सडक नभएपछि उत्पादित तरकारी बिक्री गर्न लैजान नपाउँदा बारीमा कुहिन थालेको किसानहरू बताउँछन् ।
२०७२ सालदेखि संगम फर्सवा कृषि फर्म दर्ता गरेर व्यावसायिक तरकारी खेती सुरु गरेका ४५ वर्षीय मुक्तिनाथ पराजुलीले उत्पादन भएको गोलभेंडा, मुला, गाँजर, सिमीलगायतका तरकारी बारीमै कुहिन थालेको बताए । तरकारी खेती सुरु गरेको वर्ष राम्रो व्यापार भए पिन त्यसपछि लगातार घाटा मात्र हुँदै गएको उनले बताए । यातायातको असुविधाका कारण उत्पादित तरकारी बजारसम्म पु¥याउन नपाएको उनले बताए ।

पराजुली मात्र होइन, यहाँका धेरै किसानले व्यवसायिक तरकारी खेती गरेका छन् । तर, लागतसमेत उठाउन नसक्ने अवस्था आएपछि उनीहरू निराश बन्दै गएका छन् । तरकारीको उत्पादन अत्यधिक हुने भए पनि बजारसम्म पु¥याउन नपाउँदा आफूहरू निराश हुँदै गएको किसानहरू बताउँछन् । उत्पादित तरकारीको बजार र मूल्य सुनिश्चित भए सहज हुने उनीहरूको भनाइ छ ।
लामो समयसम्म भारतमा गएर रोजगारी गरी फर्किएका ६५ वर्षीय गंगाबहादुर नेपालीले पनि व्यावसायिक तरकारी खेती गरेका छन् । उनी पनि तरकारी बिक्री नहुँदा समस्यामा परेका छन् । स्थानीय सरकारले बजारको खोजी नगरिँदा आफूहरूले उत्पादन गरेको तरकारी बारीमै कुहिएको उनले बताए ।
२०४७ सालदेखि व्यावसायिक खेती गर्न लागेका ४४ वर्षिय हरिप्रसाद ज्ञवालीको पीडा पनी उस्तै छ । उत्पादित तरकारी गाउँमा सित्तैमा बाँडेर पनि नसकिएको उनले बताए । यातायातको असुविधाका कारण बजारसम्म पु¥याउन नसक्दा ठूलो नोक्सानी बेहोर्नु परेको उनको गुनासो छ ।