कारोबार संवाददाता
सोमवार, जेठ १४, २०७५
446

 नेपाल धितोपत्र बोर्डको आयोजनामा यहाँ पूँजीबजारसम्बन्धी प्रशिक्षण दिइएको छ । धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीलगायतको टोलीले बुधबार पहिलोपटक भोजपुर जिल्लामा पुँजीबजारको विषयमा प्रशिक्षण दिएको हो । बोर्डले जनचेतना फैलाउने तथा पुँजी बजारलाई व्यवस्थित गर्दै धितोपत्रमा लगानी गर्ने र लगानीकर्ताको हित संरक्षण गर्ने उद्देश्यले प्रशिक्षण गरिएको बोर्डका अध्यक्ष डा. कार्कीको भनाइ छ ।
प्रशिक्षणमा धितोपत्र, पुँजीबजार, सेयर लगानी, डिम्याट, सी–आस्बालगायतका विषयमा सहजीकरण गरिएको थियो । उद्योग वाणिज्य संघ, भोजपुरले संयोजन गरेको प्रशिक्षणमा स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रमुख सरोकारवालाको पनि सहभागिता थियो ।