कारोबार संवाददाता
सोमवार, जेठ १४, २०७५
823

नागरिक लगानी कोषले १५ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ । कोषका ती कर्मचारीहरूलाई केएफए प्रालिले ‘प्रोफेसनल एकाउन्टिङ कोर्स’ सम्बन्धी १० दिने तालिम दिएको हो । शुक्रबार सम्पन्न भएको सो तालिमको प्रमाणपत्र कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले सहभागी कर्मचारीलाई प्रदान गरेका हुन । कोषले यस्तो तालिमलाइ निरन्तरता दिँदै आइरहेको छ । कोषमा कार्यरत जनशक्तिको वृत्ति विकासका लागि यस्तो तालिम दिँदै आएको कोषका सूचना अधिकृत उद्धव सिलवालले बताए । सो अवसरमा तालिम प्रदायक कम्पनी केएफएका सिनियर बिजनेस एक्जुकेटिभ अशोक रायले कर्मचारीहरूले तालिम पछि आफ्नो कार्यालयमा आफूले सिकेको सीपलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए ।