कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५
1118

नेपाल भेटेरिनरी एसोसिएसनको अध्यक्षमा डा. शीतलकाजी श्रेष्ठ निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न १३ औं राष्ट्रिय अधिवेसनले श्रेष्ठको नेतृत्वमा नयाँ संघीय कार्यसमिति चयन गरेको हो ।
एसोसिएसनको उपाध्यक्षमा डा. श्रीराम अधिकारी, प्रमुख सम्पादकमा डा. नारायणप्रसाद घिमिरे, महासचिवमा डा. ग्रीष्म न्यौपाने, सचिवमा डा. अशेष भट्टराई र कोषाध्यक्षमा सुलोचना श्रेष्ठ निर्वाचित भएका छन् । एसोसिएसनले ६ जना कार्यसमिति सदस्य र सात प्रदेश संयोजक निर्वाचित गरेको छ । सदस्यहरुमा डा. अर्जुन अर्याल, डा. मनोजकुमार शाही, डा. रिसभ गुरागार्इं, डा. राकेस चन्द, डा. सिकेस मानन्धर र डा. यज्ञराज पाण्डे छन् । प्रदेश संयोजकमा एकदेखि सातसम्म क्रमसः डा. सञ्जय यादव, डा. जयप्रकाश यादव, सुवास श्रेष्ठ, डा. केदारराज पाण्डे, डा. अर्जुन चापागार्इं, डा. कृष्णराज पाण्डे र डा. बसन्तबहादुर सिंह छन् ।

पशु चिकित्सकहरुको साझा संस्था नेपाल भेटेरिनरी एसोसिएसनले स्वर्ण जयन्ती मनाएको छ । स्थापनाको ५० औं वर्ष ‘भेटेरिनरी पेसामा ५० वर्ष संघीयतमा नयाँ आयाम’ भन्ने नाराका साथ विविध कार्यक्रम गरी मनाइएको हो ।
कार्यक्रममा संघीयतामा भेटेरिनरी क्षेत्र, पशु स्वास्थ्य तथा उत्पादन, वन्यजन्तु तथा घरपालुवा जनावर, भेटेरिनरी जनस्वास्थ्य तथा जुनोसिस, पशु अधिकार लगायतका विषयमा तीन दर्जन बढी कार्यपत्रमाथि छलफल गरिएको थियो । २०२४ सालमा स्थापना भएको निजी तथा सरकारी भेटेरिनरी चिकित्सकको यो एसोसिएसनमा हालसम्म १ हजार जना सदस्य छन् ।