कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५
820

भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत ५ हजार ३४४ निजी आवासतर्फका प्रभावित थपिएका छन् । भूकम्प अतिप्रभावित १४ जिल्लाबाट आएका गुनासाको प्रारम्भिक परीक्षण र पुनः जाँच सर्वेक्षणअन्तर्गत गत भदौदेखि कात्तिकसम्मको स्थलगत रूपमा गरिएको तथ्यांकलाई विश्लेषण गरेर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रभावितको सूची थपेको हो ।
पुनर्निर्माण कार्यकारी समितिको बैठकले विश्लेषण सकिएका जिल्लाका १८ गाउँपालिका र दुई नगरपालिकामा यति प्रभावित थपिएका छन् भने गुनासा गरेका मध्ये ५ हजार ५ सयलाई प्रवलीकरण (रेक्ट्रोफिटिङ) गर्ने प्रभावितको रूपमा थप गरेको छ । प्राधिकरणका सूचना अधिकारी मनोहर अधिकारीका अनुसार हालसम्म धादिङ, गोरखा, काभ्रे, ओखलढुंगा, सिन्धुपाल्चोक, नुवाकोटलगायतका जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाको छनोट कार्य सकिएको छ । थपिएका प्रभावितले निजी आवास पुनर्निर्माणका लागि तीन लाख र रेक्ट्रोफिटिङका लागि एक लाख रुपैयाँ अनुदान पाउनेछन् ।


सातामा धेरै पढिएको