कारोबार संवाददाता
आइतवार, जेठ १३, २०७५
869

उपभोक्ताको हकहितका पक्षमा कलम चलाई समाजमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै कारोबारकर्मी लक्ष्मी सापकोटा सम्मानित भएकी छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा ग्यास बिक्रेता महासंघ नेपालले उनलाई नगद १० हजार रुपैयाँसहित अर्थ पत्रकारिता पुरस्कारबाट सम्मान गरेको हो । महासंघले गत वर्षदेखि उपभोक्ता क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गर्दै आएको छ ।