दीननाथ बराल
मंगलबार, जेठ ८, २०७५
2216

कर्मचारीले फर्मेसिमा व्यापार गरेको र संस्थाको गोप्यनियता भंग गरेको आरोपमा पोखराको मणिपाल शिक्षण अस्पतालले ४ जना कर्मचारीलाई निष्कासन गरेको छ । निष्कासनमा पर्ने कर्मचारीमा रमेश बोहरा, निलकण्ठ भट्टराई, टेकबहादुर विक र अल्पना ठाकुर रहेकाछन।

 वोहरा मणिपाल शिक्षण अस्पतालका कर्मचारी सघर्ष समिति तथा कर्मचारी तर्फका वार्ता टोलीका संयोजक हुन । बोहरा र विक फार्मेसिष्ट पदमा कार्यरत कर्मचारी थिए भने भट्टराई ओरेन्टेसन र ठाकुर एकाउन्टेन पदमा कार्यरत थिए । उनी सहितका ४ जनाले आफ्ना नातेदार सहितको नामबाट फार्मेसी संचालन गरी अस्पतालमा आवश्यक पर्ने अधिकांश औषधी चर्काे मुल्यमा अस्पतालको फार्मेसिमा सप्लाई गरेको अस्पतालको आरोप छ । कर्मचारीका आफन्तसंग सम्बन्धित एनआरटि सर्जिकल र एनआरटि मेडिसेल्स नामबाट विगत ८ बर्ष देखि अस्पतालमा खरिद हुने ठुलो मरिमाणको औषधी सप्लाई हुदै आएको अस्पातालका प्रशासक भानु भारद्धाजले बताए ।
अस्पतालका निर्देशक डा. विजय सिंहेले जिल्ला प्रशासन कार्यालयको बैठकमा कर्मचारी वोहराले संस्थाको गोप्य सुचनाहरु सार्वजनिक गरेको आरोप लगाए । संस्थाको हित विपरित काम गर्ने व्यक्तिहरुलाई कुनै राजनितीक दल तथा प्रशासन र ट्रेड युनियनको दवावमा निष्कासन भएका कर्मचारीलाई आफुहरुले पुनः राख्न नसक्ने र नराख्ने उनले दाबी गरे । 
कर्मचारी निष्कासन गरेको बिरोधमा अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मणिपाल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपाल र मणिपाल स्वतन्त्र कर्मचारी युनियनले आज मंगलबार संयुक्त रुपमा पोखरामा पत्रकार सम्मेलन गरी आफ्ना कर्मचारीको पुनर्रवहाली सहितको ५ बुंदे माग पुरा नभएसम्म इमर्जेन्सि बाहेकका सवै सेवा ठप्प पार्न चेतावनी दिएका छन।  निष्कासमा परेका कर्मचारी वोहराले भने यदि अस्पतालमा आफुले भ्रष्टचार गरेको पुष्टि गरे आफुले राजिनामा दिन तयार रहेको जनाए । नेपाली र भारतिय कर्मचारी बिच ठुलो बिभेद रहेको अस्पतालले भूकम्पबाट आएको रकम समेत सार्वजनिक नगरेको वोहराले आरोप लगाए । कर्मचारीलाई महङगी भक्ता सहितको सेवा सुविधा दिनु पर्र्छ भन्ने कर्मचारीका नेतालाई नै निष्कासन गरेर अन्य कर्मचारीलाई त्रसित पार्न खोजेको उनको भनाईछ । नेपालको संविधान विपरित आफुहरुलाई अस्पताल प्रशासनले निष्कासन गरेको वोहराले जनाए ।