कारोबार संवाददाता
मंगलबार, जेठ ८, २०७५
2033

नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शैलेश थापा क्षेत्री चयन भएका छन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एसएसपी क्षेत्रीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
प्रहरी प्रवक्ता मनोज नेउपाने महानगरीय प्रहरी कार्यालय सरुवा भएपछि रिक्त स्थानमा क्षेत्रीलाई चयन गरिएको हो । एसएसपी क्षेत्री यसअघि पनि प्रहरी महानिरीक्षकको सचिवालयमै कार्यरत थिए । २०४९ सालमा निरीक्षकबाट प्रहरी सेवा प्रवेश गरेका क्षेत्रीलाई इमान्दार र क्षमतावान अधिकृतको रुपमा लिइन्छ ।