कारोबार संवाददाता
सोमवार, जेठ ७, २०७५
964

 प्रधानन्यायाधीश नियुक्तिको माग गर्दैै सर्वोच्च अदालतमा रिट दायर भएको छ । तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकास भएको दुई महिना बितिसक्दा पनि प्रधानन्यायाधीश नियुक्त हुन सकेको छैन । अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमा तत्काल प्रधानन्यायाधीश नियुक्तिको आदेश दिन माग गरिएको छ ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्तिको कुनै पहल नगरेको भन्दै दायर रिटमा मंगलबारको लागि प्रारम्भिक सुनुवाइ तोकिएको छ । संविधानको धारा २०८४ को उपधारा (३) बमोजिम प्रधानन्यायाधिशको पद खाली भएको एक महिना भित्रमा नयाँ प्रधानन्यायाधिशको सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
रिट निवेदनमा संघीय संसद्को सचिवालय, प्रधानमन्त्री, प्रतिनिधिसभाको प्रमुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता तथा प्रतिनिधि सभाको उपसभामुख समेतका नाममा परमादेश जारी गर्न माग गरिएको छ । हाल कायम मुकायम प्रधानन्यायाधीश दिपकराज जोशी छन् ।