कारोबार संवाददाता
सोमवार, श्रावण १२, २०७७
1829

पाँचथरको सदरमुकाम फिदिम बजारमा गए राति जुवा खेलिरहेका २३ जनलाई प्रहरीले पक्राउ गरेको छ । रातको समयमा जुवा खेलको सुचनाको आधारमा प्रहरीले सकृयता बढाउदा जुवाडे पक्राउ परेका हुन् ।
मध्यरातमा जुवा खेलीरहेको अवस्थामा जुवाको खालबाट उनिहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । “जिल्लाका प्रतिष्ठितहरुलाई पक्राउ गरिएको छ नाम भने अहिले गोप्यनै राखिएको छ ।” जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रहरी नायब निरिक्षक रोहनराज अर्यालले भने ।
जुवाको खालबाट २ लाख ४७ हजार नौँ सय ४५ रुपैँया समेत बरामत भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।