कारोबार संवाददाता
शुक्रवार, असार १९, २०७७
468

मुगु-नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको नामबाट स्थापित वीपी स्मृति प्रतिष्ठानको भवन निर्माणको लागि बिहीबार शिलान्यास गरिएको छ । छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा जिल्ला सदरमुकाम गमगढीमा भवन निर्माणका लागि शिलान्यास गरिएको हो ।
भवन निर्माणको लागि नगरपालिकाले आर्थिक बर्ष २०७६–७७ मा ४३ लाख रकम विनियोजन गरेको छ । प्रतिष्ठानको भवन २ तलाको निर्माण हुने छ ।
उक्त भवन कुल लागत ८३ लाख भए पनि यो बर्ष पहिलो तला ४३ लाखमा सम्पन्न गरिने छ । मुगुको सदरमुकाम गमगढी स्थित छायाँनाथ रारा नगरपालिका वडा नं २ स्थित प्रशासन कार्यालय नजिकै उक्त भवन बन्न लागेको हो ।