कारोबार संवाददाता
बिहिवार, जेठ १५, २०७७
916

धादिङ-नोभा जेनेटिका प्राइभेट लिमिटेडद्वारा सञ्चालित धुनिवेशी नगरपालिकास्थित औषधी उद्योगमा आगालागी भएको छ । बुधबार मध्य दिनमा स्यानिटाइजर बनाउने केमिकल ढुवानी गरेर ल्याएको ट्यांकरबाट भण्डारण गर्ने ट्यांकीमा ट्रान्सफर गर्दा आगलागी भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख एवं प्रहरी निरीक्षक रुप बहादुर खड्काले जानकारी दिए ।
आगलागी नियन्त्रण गर्न धुनिवेशी नगरपालिकाको दमकल सहित काठमाडौ महानगरपालिकाकोे दुई वटा दमकल, नेपाल प्रहरी, स्थानीय समुदायहरुको प्रयासमा आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक खड्काले बताए । ओलागी तत्काल नियन्त्रण गर्न सकिएकाले धेरै क्षति हुन पाएन । उद्योगको कार्यालयमा क्षति पुगेको छ । प्रारम्भिक जानकारीअनुसार सात वटा मोटरसाइकल, १० वटा कम्प्युटर, १० वटा ल्यापटप क्षति भएको छ ।