कारोबार संवाददाता
बुधवार, बैशाख ३१, २०७७
501

मासको दाल महँगोमा बेचेपछि बिगमार्ट कारबाहीमा पारेको छ । हात्तीगौंडामा रहेको बिगमार्टको आउटलेटले मासको दाल प्रतिकिलो २७१ रुपैयाँमा बेचेका कारण वाणिज्य, आपूर्ति तथ उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो ।
विभागका अनुसार बिगमार्टलाई उपभोक्ता संरक्षण ऐनको दफा १६ (२) बमोजिम ३ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।
सो दफामा अनुचित काम गर्ने सूचीमा बढी मूल्यलाई अनुचित भनिएको छ । त्यसो गर्नेलाई अनुगमनकर्ताले २ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म तत्कालै जरिवाना गराउन सक्छन् ।