सागर परियार
बुधवार, चैत्र २६, २०७६
659

जुम्ला -प्युठानबाट जाजरकोट हुदैँ जुम्ला तातोपानी ७ ताम्ती गाउँ छिरेका १३ जना यूवालाई प्रहरी र स्थानीयले नियन्त्रणमा लिई क्वारेन्टाईनमा राखिएको छ । कामको शिलशिलामा प्युठान गएका जुम्लाका ४ जना र कालिकोटका ९ जना यूवालाई ताम्ती गाउँबाट नियन्त्रणमा लिएर क्वारेन्टाईनमा पठाइएको डिएसपी लाल बहादुर धामीले जानकारी दिए । उनका अनुसाार हिमा गाउँपालिकाका ४ जनालाई हिमाकै क्वारेन्टाईनमा पठाइएको छ । भने, तिला गुफा नगरपालिका ४ जना र तलाँता गाउँपालिकाका ५ जना गरी ९ जनालाइ कालिकोट जिल्ला पठाइएको डिएसपी धामीको भनाई छ । कामको शीलशिलामा प्युठान गएको र लकडाउका कारण रातारात जाजरकोट हुदै जुम्लाको ताम्ती गाउँमा पुगेका थिए । उनिहरुलाई स्थानीय र प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राख्नका पठाइएको छ । १३ जनालाई नाग्म हेल्थपोष्टबाट चेकजाँच गराई सम्बन्धी गन्तव्यमा पठाइएको हो ।
यता हिमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टोप बहादुर बुढाले प्रहरीले नियन्त्रणमा लिई पठाएको यूवालाई क्वारेन्टाईनमा राखिएको जानकारी दिए । हिमा गाउँपालिका ६ पातरखोलाका उनिहरुलाई अबको १४ दिन सम्म क्वारेन्टाइनमा राखिने बुढाले बताए ।