कारोबार संवाददाता
मंगलबार, चैत्र २५, २०७६
772

भोजपुर कारागारबाट पाँच कैदी कैदमुक्त भएका छन् । महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको विषम परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला कारागार कार्यालय भोजपुरका पाँच जना कैदी छुटेका हुन् ।
बहुविवाह मुद्दामा जेल जिवन विताइरहेका उनीहरुले बाँकी अवधीको कैदको रकम भुक्तान गरेपछि सोमवार कैदमुक्त गरिएको जिल्ला कारागार कार्यालय भोजपुरका प्रमुख खगेन्द्र आधिकारीले जानकारी दिए ।
एक–एक वर्ष कैद सजाय तोकिएकोमा ८ महिना ३ दिन कैद भुक्तान गरि बाँकी तीन महिना २७ दिनको रकम भुक्तान गरी दुई जना अरुण गाउँपालिका वडा नं. ४ का टंक विश्वकर्मा, पवित्र भन्ने बसन्ती विश्वकर्मा र ५ महिनाकी छोरी भावना विश्वकर्मा कैदमुक्त भएका छन् भने एक र एक वर्ष कैद सजाय तोकिएकोमा ८ महिना १२ दिन कैद भुक्तान गरि बाँकी तीन महिना १८ दिनको रकम भुक्तान गरी दुई जना र सात महिना कैद भुक्तान गरी बाँकी ३ सय ६३ दिनको रकम भुक्तान गरेपछि एक महिला कैदमुक्त भएको कारागार कार्यालय भोजपुरले जनाएको छ । कैदमुक्त हुनेमा आमचोक गाउँपालिकाका दुई र हतुवागढी गाउँपालिका बस्ने एक जना रहेका छन् । भोजपुर कारागारमा ९६ पुरुष, १३ महिला र दुई आसृत नाबालक गरी एक सय आठ जना रहेका छन् ।