गोपाल पोखरेल
सोमवार, चैत्र १०, २०७६
475

उदयपुर-कोरोना भाइरस (कोभिड –१९ ) को संभावित संक्रमणलाई रोक्न नेपाली सेनाले आफ्नोव्या रेक खाली गरेर क्वारेन्टाइन निर्माण गरेको छ । नेपाली सेनाको १८ नम्बर बाहिनी अन्तरगत रणशार्दुल गणको उदयपुरको कटारी नगरपालिका १ स्थित बेलसोत क्याम्प खाली गरेर सेनाले २ सय वेडको क्वारेन्टाइन निर्माण गरेको हो ।
नेपाली सेनाको पूर्वी पृतनाले प्रदेश नं १ का झापा, मोरगं र उदयपुर जिल्लामा संभावित कोभिड–१९ को जोखिम न्यूनिकरण गर्न क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो । बेलसोतमा अन्य व्यवस्थित स्थान नभएपछि ब्यारेककै ३४ वटा भवनलाई २ सय बेड क्षमताको क्वारेन्टाइनमा परिणत गरिएकोे १८ नं बाहिनीभूल्के उदयपुरका बाहिनीपति कृष्णप्रसाद सापकोटाले बताए ।

“क्वारेन्टाईनको लागि व्यारेकमा रहेका नेपाली सेनालाई व्यारेक एक किलो मिटर टाढा अस्थाई टहरा निर्माण गरेर राखिएको छ ” बाहिनीपति सापकोटाले भने,“ मोरगंको टाडी र झापामा समेत गरेर जम्मा ४ सय ४४ वटा क्वारेन्टाइन निर्माण गरिएको छ ।”सरकारलाई नागरिकको उपचार गर्न र रोग नियन्त्रण गर्नका लागि सरकारलाई सजिलो बनाउन यो काम गरेको उनले बताए ।
वेलसोतमा विभिन्न कलष्टरमा विभाजित गरेर महिलालाई बेग्लै र पुरुषलाई बेग्लै क्षेत्रमा राख्ने गरीतयारी गरिएको छ ।क्वारेन्टाइनमा वेड, झुल, मोबाइलचार्ज, बत्ती, पंखालगायतको व्यवस्था छ । व्यारेकको गेटमा चिकित्सक सहितको टोलीले आशंका गरिएका संक्रमितको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।
“विशेष गरेर १८ नं बाहिनी अन्तर्गतका उदयपुर, खोटांग, ओखलढुंगा र सोलुखुम्बुका सम्भावित संक्रमितलाई पायक पर्ने र छिमेकी सिन्धुली, सिरहा, सप्तरी जिल्लालाई समेत नजिक पर्ने भएकाले बेलसोतमा आफ्नो क्याम्प हटाएरै भएपनि क्वारेन्टाइन बनाउनु परेको हो ” बाहिनीपति सापकोटा भन्छन्, “ बाहिनी अन्र्तगतका विभिन्न गण, गुल्म र व्यारेकबाट वेड लगेर यो काम गरेका हौं ।” साधन र स्रोत थप्न सकिएविषम परिस्थितिमा बेलसोतमा अरु २ सय बेड क्वारेन्टाइन समेत बनाउन सकिने उनले बताए ।
नेपाली सेनाले क्वारेन्टाइन निर्माण गरेकोमा स्थानीयले खुशीव्यक्त गरेका छन् । कोरोना भाइरसको शंकालागेको खण्डमा क्वारेन्टाइनमा दक्षचिकित्सकले जाँच गर्ने र २ हप्ताचिकित्सकको निगरानीमा बस्न पाउने व्यवस्था सेनाले मिलाउनु अत्यन्तै सराहनीय काम भएको साविक कटारी गाविसका पूर्व अध्यक्ष रामकुमार राईले बताए ।