कारोबार संवाददाता
बुधवार, चैत्र ५, २०७६
832

तेह्रथुमको आठराई गाउँपालिका–४ ईवा स्थित तीनसल्लेकी बिन्दा पुरीका हत्या आरोपीलाई प्रहरीले प्रक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमले सोमबार पत्रकार सम्मेलन गरी दुईजनालाई सार्वजनिक गरेको हो ।

२८ वर्षीय पुरीलाई उनकै देवरहरु वर्ष २५ का वालकृष्ण पुरी र ३२ वर्षीय सुरेन्द्र पुरीले फागुन २९ गते हत्या गरेको प्रहरीले बताएको छ । उनीहरुले राती एक बजे डोरीले घाँटीमा बाँधी धारिलो हतियार घाँटीमा प्रहार गरेर हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् ।
प्रहरी नायब उपरिक्षक नविन किशोर प्रधानले अभियुक्तहरुले आफ्नो कसुर स्विकारेको बताए । हत्यामा संलग्नहरुलाई प्रहरीले फागुन ३० गते बुधबारे झापाबाट पक्राउ गरी इलाका प्रहरी कार्यलय ईटहरी सुनसरी मार्फत जिल्ला प्रहरी कार्यालय ल्याएको हो ।