कारोबार संवाददाता
मंगलबार, माघ १४, २०७६
335

भैरहवा-रुपन्देहीको भैरहवा भुमही सडकखण्डमा आज बिहान भएको दुर्घटनामा ३ जनाको ज्यान गएको छ ।
रोहिणी गाउँपालिका वडा नम्बर ४ छिपागढमा एकाबिहानै ट्रक दुर्घटना हुदा ३ जनाको घटनास्थलमै निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

बिहान करीब साढे ६ बजे तिर भैरहवा बाट परासी तर्फ जादै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक, परासीबाट भैरहवातर्फ आउदै गरेको ना २ ख ८४८१ र सोहि दिशाबाट आउदै गरेको ना ५ ख ७८५६ नम्बरको ट्रकहरु एक आपसमा ठोक्किदा ३ जनाको ज्यान गएको हो ।
मृतकहरु तिनैजना ना २ ख ८४८१ नम्बरको ट्रकका चालक, सहचालक र त्यसैमा यात्रा गरेका एक रहेका छन् ।
मृतकहरुमा चालक अन्दाजी ३०।३५ बर्षका पुर्ण बहादुर भुजेल हुन् । उनको वतन खुलेको छैन् । त्यसै गरी सह चालक पश्चिम नवलपरासीका पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ४का मबिकन कुर्मि र सोहि स्थानका लालु कुर्मि रहेका छन् ।
दुर्घटनामा परी ९ जना घाइते भएको र उनिहरु मध्ये गंभिर ४ जनाको उपचार भैरहवा स्थित युनिभर्शल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार भैरहेको छ । अस्पतालका अनुसार उनिहरुको अबस्था गंभिर छ । चारै जना पुरुष हुन् । अन्यको उपचार भिम अस्पताल भैरहवामा भैरहेको छ । प्रहरीका अनुसार बिहानीको बाक्लो कुहीरोका कारण दुर्घटना भएको अनुमान छ ।