कारोबार संवाददाता
शुक्रवार, माघ १०, २०७६
359

दुईदिने राष्ट्रिय युवा सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनपश्चात् देशका हरेक कुनाकाप्चामा विभिन्न समस्याहरूसँग सामना गरिरहेका युवाहरूको एकिकृत आवाज युवाका आह्वानहरू र आफ्ना प्रतिबद्धताहरूका रूपमा सरोकारवालासामु पु-याउन घोषणापत्र अनुमोदन समेत गरेको छ ।
नेपाल सरकार राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा साथी, जागृति बाल तथा युवा सरोकार नेपाल, बेइजिङ्ग पुनरावलोकनका लागि राष्ट्रिय संजालको संयुक्त आयोजनामा सम्मेलन सम्पन्न भएको हो ।
‘समानताको पुस्ताः प्रतिवद्ध युवा दस्ता’ नाराका साथ नेपालका ७७ वटै जिल्लाका युवाहरूको भेला सहित ललितपुरमा आयोजित राष्ट्रिय युवा सम्मेलन भएको थियो । उक्त सम्मेलनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको कार्यन्वयनमा जोड दिएको छ ।