कारोबार संवाददाता
सोमवार, माघ ६, २०७६
319

विराटनग-मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष तथा पूर्वसभासद पवनकुमार सारडालाई मातृशोक परेको छ ।
सारडाकी माता यशोदादेवीको ९७ वर्षको उमेरमा आइतबार निधन भएको हो । यशोदादेवीका पवनसहित शिवरतन, श्रीनिवास र राधेश्यामसहित चार जना छोरा छन् । उनको पार्थिव शरीरको सोमबार विराटनगर हाटखोलास्थित परम विश्रान्ति श्मशासन घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ