कारोबार संवाददाता
सोमवार, मंसिर ३०, २०७६
569

धनगढी-कैलालीको कुटिया नदी छेउमा राखिएको स्काभेटरमा गएराति आगजनी भएको छ । बालुवा र गिट्टी सङ्कलनका लागि नदी छेउमा राखिएको बा२क ९७४८ नं को स्काभेटरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।
स्काभेटर धनगढी–अत्तरिया सडक खण्डमा हाल निर्माणाधीन छ लेन सडकको निर्माण कार्यमा संलग्न निर्माण कम्पनीको रहेको बताइएको छ । आगजनीबाट स्काभेटरमा क्षति पुगेको छ । घटनास्थलमा पर्यावरणको प्रभावसम्बन्धी कुनै अध्ययन नगरी नदीजन्य पदार्थ सङ्कलन गरिएकोसम्बन्धी थारूवान् संयुक्त जनपरिषद् नेपाल कैलाली नामको पर्चा भेटिएको जनाइएको छ ।