रासस
शुक्रवार, मंसिर २०, २०७६
396

रामपुर- पाल्पाको तिनाउ गाउँपालिका – ५ चौबीस माइलमा बिहीबार बिहान भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा जीप चालक रैनादेवी गाउँपालिका– ५ छहराका २५ वर्षीय दिलीप बम्रेल र सहचालक २४ वर्षीय कृष्ण कार्कीको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।
जीप सिद्धार्थ राजमार्गको चौबीस माइलमा सडकदेखि करीब २०० मिटर तल खसेको थियो ।