भोजपुर- जिल्ला प्रहरी कार्यालय भोजपुरले गाँजा फडानीलाई तिव्रता दिएको छ । प्रहरीले हालसम्म २ सय २ रोपनीमा लगाएको १८ करोडभन्दा बढीको गाँजा नष्ट गरेको छ । प्रहरीले आफैं उम्रेको तथा व्यावसायिक खेति गरेको गाँजा नष्ट गर्ने अभियान चलाएको हो ।
विषेश गरेर जिल्लाको दक्षिणी भेगमा रहेका हतुवागढी र आमचोक गाउँपालिकाको क्षेत्रमा पर्ने उदयपुर, खोटाङ र धनकुटा जिल्लाका सीमानामा पर्ने हसनपुरको मुस्ताङ, तथा दूधकोशी नदीको सीमानामा व्यावसायिक रुपमा खेती गरिएको ठूलो परिमाणमा गाँजा नष्ट गरेको हो ।
अभियान अन्तर्गत अहिलेसम्म २०२ रोपनी क्षेत्रमा लगाएको १८ करोड ८० लाख ६२ हजार बराबरको गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए ।