कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
299

महानगरीय प्रहरी प्रभाग बलम्वुले जुवा खालवाट ८ जुवाडेलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक शंकर खड्का नेतृत्वको टोलीले चन्द्रागिरि कटेजबाट दुई लाख २० हजार ६ सय ५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मुकेश थापा, केशर बहादुर खत्री, नारायण अधिकारी, संजय लामा, नेत्र बहादुर लामा, सिकिन्द्र श्रेष्ठ, रिख बहादुर केसी र सुवास आचार्य छन् । प्रहरीले उनीहरुको साथबाट जुवा खेल्न प्रयोग हुने १६ ओटा कौडा र एक बुक तास समेत बरामद गरेको छ ।