कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६
351

बर्दियामा बाघको आक्रमणवाट एक जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले आक्रमण गर्दा निकुञ्जकै हात्तीसारका माहुतेको रुपमा कार्यरत मङ्गरु थारुको मृत्यु भएको हो ।
निकुञ्जभित्र रहेको गैंँडा मचान नजिकै हात्ती लिएर जङ्गलमा हात्तीलाई घाँस काट्न गएका बेला माहुते थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्ले जनाएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय थारु २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रुपमा कार्यरत थिए ।