कारोबार संवाददाता
सोमवार, कार्तिक १८, २०७६
760

झापा-बुधबार राती भारत सिलगुरीका ४३ वर्षी रघुबरप्रसाद साह (भीआइपी चोर)लाई बिर्तामोड प्रहरीले लाखौँको गरगहनासहित पक्राउ गरेको छ । साह लामो समयदेखि पूर्वका जिल्लामा चोरी कार्यमा संलग्न रहेको प्रहरीको भनाई छ । साहलाई सिसि क्यामेराको सहायतामा बिर्तामोड प्रहरीले पक्राउ गरेको हो । 

५० लाख रुपैयाँ बढी मूल्यको गाडीमा हिड्ने उनलाई बिर्तामोड–५ मा डेरा गरी बस्दै आएका ललिता सापकोटा, गिता पौडेल र मधु गुप्ताको घरमा दिउँसो २ बजे चोरी भएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडले खोजी सुरु गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहन थापाले बताए ।
सिसि क्यामेरामा देखिएका साहलाई प्रहरीले चोरी भएकै दिन बेलुका बिर्तामोड कै कोहिनुर होटल अगाडि फेला पारेको जनाएको छ । बिर्तामोड क्षेत्रमा जडान गरिएका सिसि क्यामेराको सहायताबाट साहलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । प्रहरीका अनुसार उनको साथबाट नेपाली ३८ हजार रुपैयाँ र भारतीय १३ हजार ७ सय रुपैयाँसहित सुनको गरगहनाबरामत गरिएको छ । प्रहरीले पैसा, गरगहना, ध्द्यठद्धब्ःद्दठद्दद्ध नंबरको भारतीय गाडी र नेपाल प्रवेशको अनुमति पत्र बरामत गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । पक्राउ परेका सहा हरेक दिन नेपाल आएर चोरी गर्ने र पुनः भारत फर्कने गरेको अनुसन्धाबाट खुलेको छ ।

बुधबार दिउँसो साहले सापकोटाको कोठाबाट चाँदीको कल्ली – २, सिक्का थान–१,सुनको झुम्का थान १, चाँदीको औठी १ थान चोरी गरेका थिए । यस्तै, गिता पौडेलको कोठाबाट सुनको चुरा –१, सुनको पञ्चरत्ने हातको चुरा –२, चाँदीको हातको ब्रास्लेट –१, सुनको सिक्री –१ थान र मधु गुप्ताको बाट सुनको मंगलसुत्र –१, चाँदी पाउजु –२, चाँदीको पाउजु –२, रेडिमेट नेक्लेस –१, सुनको जितीया –१, सुनको कानको टप –२ थान चोरी गरेका थिए । १२ थान विभिन्न गहना भने हालसम्म सनाखत हुन सकेको छैन । पक्राउ परेका भारतीय नागरिकको थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी उपरीक्षक दिनेश मैनालीले बताए ।
अटो रिक्साको व्याट्री चोरी गर्ने पक्राउ
बिर्तामोड प्रहरीले अटो रिक्साको व्याट्री चोरीमा संलग्नलाई पक्राउ गरेको छ । बिर्तामोडको विभिन्न स्थानबाट अटोको व्याट्री चोरीका उजुरीका आधारमा प्रहरीले बिर्तामोड नगरपालिका –८का २० वर्षीय कृष्ण राजवंशीलाई पक्राउ गरेको हो ।
राजवंशी चोरी गरिएका व्याट्री बिक्रीका लागि भारत जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । उनीबाट प्रहरीले ८ थान व्याट्रीसमेत फेला पारेको छ । राजवंशीलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको डिएसपी थापाले बताए ।