कारोबार संवाददाता
शुक्रवार, कार्तिक ८, २०७६
649

लेखक आनन् अच्युत न्यौपानेको उपन्यास ‘बासन्ती प्रेम’ बिहीबार सार्वजनिक भएको छ । बिहीबार काठमाडौंको कुञ्ज थिएटरमा एक कार्यक्रमबीच उपन्यास विमोचन गरिएको हो ।
साहित्यकार कुमार नगरकोटी, अभिनेता आर्यन सिग्देल, लेखन कुञ्जका अध्यक्ष कमल ढकाल तथा लेखककी आमा मखमली न्यौपानेले संयुतm रुपमा पुस्तक विमोचन गरेका थिए ।

कार्यक्रममा लेखक न्यौपानेले किशोरावस्था र युवा अवस्थामा आफूले भोगेका, सुनेका र देखेका कल्पनाका खातहरुलाई समेट्दै त्रिकोणात्मक प्रेमकथामा आधारित उपन्यास तयार पारेको बताए । अभिनेता आर्यन सिग्देलले अहिले सामाजिक सञ्जालका कारण प्रेमदेखि लिएर हरेक कुरामा सहज वातावरण भएको र उपन्यास पढिरहँदा पाठकले पुरानो समयमा पुगेको महसुस गर्ने बताए ।
प्रकाशकसमेत रहेका लेखक कुञ्जका अध्यक्ष ढकालले उपन्यास पढ्दा लेखकको पहिलो कृति हो भन्ने भान नहुने बताए । २८५ पृष्ठको पुस्तकको मूल्य ३७५ रुपैयाँ तोकिएको छ ।