कारोबार संवाददाता
बिहिवार, कार्तिक ७, २०७६
494

जनकपुर- जनकपुरधाममा गोली प्रहारबाट एक जना व्यवसायीको हत्या भएको छ । बुधबार बिहान करिब १० बजे जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ स्थित मुजेलिया बस्ने ४० वर्षिय पंकज भनिने शंकर चौधरीले गोली चलाउँदा जनकपुरधाम वडा नम्बर १ बस्ने ४३ वर्षिय मनोज साहको मृत्यु भएको हो ।
पंकजको घरमा गएर पैसाको ताकेता गर्दा पंकजले घरमा आएर ताकेता किन गरेको भन्दै आवेशमा मनोजमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । मनोजको शव परीक्षणका लागि प्रादेशिक अंचल अस्पतालमा ल्याइएको छ । गोली प्रहार गरेका पंकज जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेका छन् ।

प्रहरी हिरासतमा रहेका पंकजको साथबाट प्रहरीले एक थान अटोमेटिक पिस्तोल र त्यसमा लाग्ने गोली १९ थान र एक थान नलकटुवा पिस्तोल र त्यसमा लाग्ने ३ राउण्ड गोली बरामद गरेको छ ।
पंकज निर्माण व्यवसायी हुन् । मनोजले सपहिमा शिव आयल निगमबाट पंकजले लिएको पेट्रोलियम पदार्थ डिजेलको बाँकी रहेको १७ लाखमध्ये बाँकी रहेको ८ लाख रुपैयाँ असुल्नका लागि ताकेता गर्न पंकजको घर गएका थिए ।