कारोबार संवाददाता
शुक्रवार, कार्तिक १, २०७६
558

खोज पत्रकारिता केन्द्र नेपालमा चन्द्रकिशोरको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । बिहीबार ललितपुरमा भएको बाह्रौं साधारणसभाले अध्यक्षमा चन्द्रकिशोर, उपाध्यक्षमा निर्मला शर्मा, महासचिवमा किरण नेपाल र कोषाध्यक्षमा रामेश्वर बोहरालाई सर्वसम्मत चयन गरेको हो ।

तीन सदस्य पदमा भने निर्वाचन भएको थियो । सदस्यमा भृकुटी राई, राजाराम गौतम र लक्ष्मी बस्नेत निर्वाचित भएका छन् ।